परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७४ भदौ २४ आइतबार

  • आज कुशे औंशी । नेपाली समाजमा बुबाको मुख हेर्ने दिन भनेर चिनिने कुशे औंशीमा बुबालाई खानेकुरा वा लुगाफाटा दिएर बुबाप्रति श्रद्धा र भक्तिभाव प्रकट गरिन्छ ।

 

  • राष्ट्रिय विभूत मोतीराम भट्टको एक सय ५३ औं जन्मजयन्ती मनाइँदैछ ।

 

  • आज नेपालका प्रथम जननिर्वाचित वीपी कोइरालाको एक सय पाँच औं जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदैछ ।

 

  • नापी विभागले तयार पारेकै नक्शामा नेपालीभूमि लिम्पियाधुरा गायब रहेको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

 

  • सिन्धुलीको फिक्कल गाउँपालिकास्थित कालिका प्राथमिक विद्यालयकी सहयोगी कार्यकर्तालाई विवाह गरेकै कारण नोकरीबाट हटाइएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

 

  • सरकारले नेपालमा आत्मनिर्भर रहेको दावी गरिरहेको बेला सिमेन्ट तथा यसको कच्चा पदार्थ आयात २९ प्रतिशतले बढेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • सुनकोशी दोस्रो (१११० मेगावाट) र तेस्रो (५३७ मेगावाट) मा जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेशले प्रस्ताव राखेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • वेगनासतालमा भदौ २३ गते डुङ्गा डुब्दा दुईजनाको मृत्यु हुनुका साथै छजना बेपत्ता भएको समाचार छ ।

 

  • गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौंतर्फ आएको अल्टिच्युड एयरलाइन्सको हेलिकप्टर नुवाकोटको मेघाङ गाउँपालिकामा भएको दुर्घटनामा छजनाको मृत्यु भएको छ । नेपालमा बितेको आठ महिनामा भएको आठ हवाइ दुर्घटनामा ५९ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

 

  • काभ्रेको पाँचखाल नगरपालिका—११ काँसकोटमा रहेको ग्रामीण स्वावलम्बन बहुद्देश्यीय सहकारी संस्थाले भदौ २२ गते आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी हुँदा तीन सयभन्दा बढी बिरामी भएको समाचार छ ।

 

  • ढाकामा भदौ २३ गते सम्पन्न समूह चरणको अन्तिम खेल (फूटबल प्रतियोगिता) मा घरेलु टोली बंगलादेशलाई २-० ले पराजित गर्दै नेपाल चौथो पटक साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

  • काठमाडौंबाट पेन्सन बुझने भारतीय सेनाका पूर्वगोर्खाहरूलाई ठमेलस्थित पेन्सन क्याम्पले पेन्सन रोकिदिएपछि ५० हजार पेन्सनर मर्कामा परेको समाचार छ ।
Facebook Comments