परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असोज ९ मंगलबार ।

 

  • त्रिविमा रिटोटलिङको नतिजा आउनसमेत दुई वर्ष लागेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • महाकाली सन्धिअन्तर्गत पाँच हजार मेगावाटको पञ्चेश्वर परियोजना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको २३ वर्ष बितिसक्दा पनि परियोजना कार्यान्वयनमा नआएको समाचार नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।

 

  • चिनीमा मनपरी तरिकाले मूल्यवृद्धि गरिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

 

  • नेपाल राष्ट्रबैंकको एक अध्ययनले लघुवित्त विकास बैंकका सदस्यमध्ये ६९ प्रतिशतले दोहोरो ऋण लिएका र यसबाट वित्तीय जोखिम बढेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • दूरसञ्चार सेवामा प्रयोग भएको फ्रिक्वेन्सीवापत सरकारले आर्थिक वर्ष २०७४/०७५ मा सरकारले तीन खर्ब सात अर्ब रूपैयाँ आम्दानी गरेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ । नेपाल टेलिकम, एनसेल, युटीएल, एसटीएम टेलिकम र स्मार्ट टेलिकम गरी पाँचवटा सेवा प्रदायकबाट त्यति रकम  संकलन गरेको हो ।

 

  • निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको अनुसन्धान नतिजा शून्य रहेको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

 

  • असोज ९ गते परेको वर्षाले कैलालीको धनगढी उपमहानगरपालिकालगायत धेरै भाग जलमग्न भएको समाचार छ ।

 

  • पूर्वी नवलपरासीको कावासोतीका २० वर्षीय शन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको समाचार छ । यस घटनामा ३७ वर्षीय विमल श्रीपालीलाई प्रहरीले नियन्त्रणमा लिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • रौटहटको गौर नगरपालिका—४ स्थित टिकुलियाघाटमा समयमा पुल निर्माण नगरेकोमा जिल्ला प्रहरी कार्यालयले पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउपुर्जी जारी गरेको समाचार छ ।

 

  • फिलिपिन्समा पहिरोमा परी ९५ जनाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • भारतमा ह्वाट्सएपबाट सम्प्रेषित गलत खबरबाट जनधनको क्षति भइरहेको बेलामा तेलङ्गना राज्यका एकजना महिला प्रहरीले गलत खबरबारे जनचेतना अभियान शुरु गरेको र यसबाट सफलता मिलिरहेको बीबीसीले जनाएको छ । यस वर्षको अप्रिलदेखि यतामात्र ह्वाट्सएपको गलत खबरलाई विश्वास गर्दा भीडले कुटेर २५ जनाको मृत्यु भइसकेको छ ।

 

 

Facebook Comments