परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असोज ७ आईतबार

 

  • पश्चिम सेती जलासयुक्त जलविद्युत आयोजनामा चिनिया कम्पनीले हात झिकेपछि बिनाप्रतिस्पर्धा कुनै विदेशी कम्पनीलाई ठेक्का दिनका लागि उच्चस्तरीय समिति बनेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • ठेक्का पाएका काम समयमा नसकेको र गुणस्तरहीन काम गरेको रेकर्ड भएको पप्पु कन्स्ट्रक्सन नेपाल राष्ट्रबैक भवन निर्माण  गर्ने जिम्मेवारी दिइएको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

 

  • ठूलो धनराशी खर्च गराएर युएई ल्याउने धन्दामा नेपाली राजदूतावासको समेत संलग्नता रहेको समाचार अन्नपूर्ण पोष्टमा नै प्रकाशित छ ।

 

  • अप्टिकर फाइबर विस्तार गरिसक्नुपर्ने समयमा नेपाल टेलिकमले बल्ल टेन्डर आह्वान गरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ । दुई वर्ष अघि नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौताअनुसार असोज महिनामा प्रदेश १ देखि ३ सम्मका सबै जिल्ला सदरमुकाम जोड्ने गरी अप्टिकल फाइबर विस्तार गरिसक्नुपर्ने थियो ।

 

  • बजार अराजक भएको तर त्यसलाई नियन्त्रण गर्न सरकार असक्षममात्र होइन निरीह भएको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • सरकारले अन्तर्राष्ट्रिय एयरलाइन्सलाई अनुमति जारी गर्नका लागि आवश्यक सर्त तथा नियमावली संशोधन पारित गरेको छ । यससँगै अन्तर्राष्ट्रिय उडानका लागि इजाजतपत्र खुल्ने भएको  समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • देशमा उद्योग प्रवर्द्धनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा समिति गठन भएको छ । समितिका निजी क्षेत्रका प्रतिष्ठित उद्योगी व्यवसायीहरूलाई पनि समावेश गरिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • राष्टिकवि माधव घिमिरे आजदेखि एक वर्षमा प्रवेश गर्नुभएको समाचार सञ्चार माध्यमहरूमा छाएको छ । उहाँको जन्म १९७६ असोज ७ गते लमजुङको भीर पुस्तुनमा भएको हो ।

 

  • कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ स्थित भूताहा सिंचाइ आयोजना २५ वर्षपछि सम्पन्न भएको छ । यो आयोजना २०५० सालमा शुरु भएको थियो ।

 

 

  • इन्धनको मूल्यमा वृद्धि भएको कारण देखाउँदै सार्वजनिक सवारी साधनमा १० प्रतिशत भाडा बढाइएको समाचार छ ।

 

  • यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघबीच असोज छ गते भाडा बढाउने विषयमा सहमति भएको हो ।

 

  • प्रतिनिधिसभाले पारित गरेको वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले कसैको गोपनीयताको समाचार प्रकाशन र प्रसारण गर्न प्रेसमाथि लगाएको अंकुश हटाएको समाचार छ ।

 

  • इरानमा सैन्य परेडमा हमला हुँदा २४ जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढीको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् । मारिनेमा सर्वसाधारण पनि छन् ।

 

  • चीनले आˆनो दक्षिणी शहर ग्वान्जाउ र हङकङबीच बुलेट टे्रन सेवा शुरु गरेको सञ्चार माध्यमहरूले जनाएका छन् । अब ग्वान्जाउबाट  ४० मिनेटमा हङकङ पुग्न सकिने भएको छ ।

 

 

Facebook Comments