परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असोज ८ सोमबार

  • अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा  सरकारी जागिर खाएको आधारमा एक हजार पाँच सय ३९ कर्मचारीमाथि छानबिन गरिरहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित
  • सरकारले १२ सय मेगावाटको जलाशयुक्त जलविद्युत आयोजना घमिफिरी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई जिम्मा लगाएको समाचार नयाँ पत्रिका दैनिकमा नै प्रकाशित
  • सरकारका कामको अनुगमन मूल्याङ्कन गरी आवश्यक रायसुझा निर्देशन दिने संसदको विकास समितिमा तीनजना ठेकेदार सांसद रहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित पप्पु कन्सट्रक्सनका हरिनारायण रौनियार, लामा कन्सट्रक्सनका जिपछिरिङ लामा हिमदुङ एण्ड ठोकर कम्पनीका बहादुरसिंह लामा समितिमा रहनुभएको हो
  • गएको भदौ २६ एसिड आक्रमणबाट घाइते हुनुभएका रौतहटकी १८ वर्षीय सम्नाकुमारी दासको निधन भएको समाचार पनि कान्तिपुर दैनिकमा नै प्रकाशित
  • नेपाली सेनाले इन्सास एसएलआर हतियारलाई विस्थापन गरेर अमेरिकी सेनाले प्रयोग गर्दै आएको एम१६ राइफल गर्ने भएको समाचार कारोबार दैनिकमा प्रकाशित
  • लमजुङको मर्स्याङ्दी गाउँपालिकाभरि होमस्टे शुरु भएको समाचर पनि कारोबार दैनिकमा नै प्रकाशित
  • सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएपछि यातायात व्यवसायीले असोज १० गतेदेखि  दशैंका लागि अग्रिम बुकिङ खोल्ने भएको सञ्चार माध्यमहरूले जनाएका छन्
  • महोत्तरीको जलेश्वर नगरपालिका१२ नैन्हीस्थित दुई सातादेखि ाडापखालाको प्रकोप ैलँदा दुई सयभन्दा बढी बासिन्दा प्रभावित भएको समाचार
  • साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको रूपमा मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरूले जोड दिएको समाचार
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर १२ गते दुई दिवसीय भ्रमणमा नेपाल भ्रमणमा आउनुहुने खबर
  • म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनीजोमसोम सडक १० दिनपछि सञ्चालनमा आएको समाचार
  • रूपन्देहीको विभिन्न भागमा ३१ वटा पुल बन्दबन्दै रोकिएको समाचार

 

 

 

Facebook Comments