परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असोज १० बुधबार

 

  • एक खर्ब खर्च गरेर तयार पारिएको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) रद्द भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • स्थानीय तहबाट आर्थिक हैसियत प्रमाणित भएको कागजात पेश नगरे पर्यटक राहदानीमा विदेश जान नपाइने भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • देशभरका १४ सय ८० निर्माणाधीन पुलका लागि ६३ अर्ब आवश्यक भए पनि चार अर्ब रूपैयाँमात्र उपलब्ध भएको समाचार पनि नयाँ पत्रिका दैनिकमा  नै प्रकाशित छ ।

 

  • निर्मला पन्त हत्या प्रकरण छानबिनका लागि गठित उच्चस्तरीय समितिले कञ्चपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको समाचार नागरिक दैनिकलगायतका अखबारमा प्रकाशित छ ।

 

  • अर्कोतर्फ, सोही हत्या प्रकरणबारे गठित उच्चस्तरीय समितिले सरकारलाई  गुपचुप प्रतिवेदन बुझाएको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

 

  • निर्माण व्यवसायमा बदनामी कमाएका पप्पु कन्सट्रक्सनलाई ११ अर्बको काम दिन लागिएको समाचार पनि अन्नपूर्ण पोष्टमा नै प्रकाशित छ ।

 

  • राजनीतिक दलका केन्द्रीय पदाधिकारीले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि  निर्वाचन आयोगले कारबाही प्रक्रिया अघि बढाउन लागेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

 

  • विश्व आर्थिक स्वतन्त्रतामा नेपाल संसारका ६० मुलुकलाई पछि पार्दै एक सय दुई औं स्थानमा पुगेको समाचार कारोबार दैनिकमा प्रकाशित छ । क्यानडाको फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेसनले गरेको एक अध्ययन अनुसार नेपालको आर्थिक स्वतन्त्रताको अवस्था सुधारोन्मुख पाइएको हो ।

 

  • संसदको राज्यव्यवस्था समितिले पहिलो बैठकमै पत्रकारलाई प्रवेश निषेध गरेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • भवन निर्माणसम्बन्धी ऐन-नियम र विधिको उल्लङ्घन गर्दै नेपाली सेनाले देशभरको सैनिक ब्यारेक तथा कार्यालयको नक्शा पास गर्न नमानेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • पाँच महिना अघि नै यातायात क्षेत्रको सिण्डिकेट अन्त्य भएको घोषणा गरे पनि दशैंको टिकट अग्रिम बुकिङबारे यातायात व्यवसायीको एकाधिकारवादी व्यवहारबाट सण्डिकेट कायमै रहेका प्रष्ट संकेत मिलेको भन्दै संसदमा चर्को आवाज उठेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • चितवनका मेडिकल कलेज र अस्पतालले दुर्घटनामा परेका व्यक्तिहरूलाई उधारोमा उपचार गर्दा बक्यौता रकम सात करोडभन्दा बढी पुगेको समाचार छ ।

 

  • अविरल वर्षापछि आएको पहिरोका कारण जुम्लाको उर्थु-लासी सडक खण्ड तीन महिनादेखि बन्द रहेको समाचार छ ।

 

Facebook Comments