परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असाेज ५ शुक्रवार

२०७५ असोज ५ शुक्रबार

 

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरे नियुक्त हुनुभएको छ ।

 

  • नेकपाले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोगको तयार गरेको समाचार राजधानीबाट निस्कने केही अखबारहरूमा प्रकाशित छन् । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि पनि राजीनामा नदिएपछि जोशीविरुद्ध महअभियोगको तयारी गरिएको हो ।

 

  • काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमतीसहित अमेरिका भ्रमणमा निस्कुनभएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसमा बिना प्रतिस्पर्धा ३५ जना प्राध्यापकलाई सीधै नियुक्ति दिइएको र ११ जना नियुक्तिको प्रक्रियामा रहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

  • भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई बहाना बनाएर ट्याङकर चालकले इन्धन ढुवानी नगर्दा राजधानीमा पेट्रोलियम पदार्थको अभाव भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

 

  • वहुप्रतीक्षित काठमाडौं-तराई द्रूतमार्ग (एक्सप्रेस वे) को एक खर्ब ३५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

 

  • आवेदन नपरेकाले निजामती सेवाअन्तर्गतका कतिपय प्राविधिक जनशक्ति वर्षैदेखि खाली रहेको समाचार पनि नागरिक दैनिकमा नै प्रकाशित छ ।

 

  • दशैंका लागि असोज ५ गतेदेखि अग्रिम बुकिङ खुल्ने भनिए पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको कारण देखाउँदै अग्रिम बुकिङ नखुल्ने भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • प्रदेश नं. १ लाई अपराधमुक्त र सुरक्षित बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी प्रणाली विस्तार गर्न लागिएको समाचार छ ।

 

  • तान्जानियाको भिक्टोरिया तालमा डुङ्गा फेरी दुर्घटना हुँदा ४२ को मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

Facebook Comments