परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असोज ३ बुधबार

 

  • सबै प्रकारका आन्दोलनका उपलब्धि भएको भनी नयाँ संविधान जारी भएको दिन (असोज ३ गते) लाई अबदेखि …राष्ट्रिय दिवस, का रूपमा मनाइने भएको छ ।

 

  • पर्सामा एक ६४ सीमा स्तम्भ गायब पारिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

 

  • कर्मचारी व्यवस्थापन, स्रोत-साधनको हस्तान्तरण आदि विषयमा संघीय सरकार उदासीन भएकाले  प्रदेश सरकार प्रभावहीन भएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

  • उपयुक्त पात्र नभेटिएपछि राष्ट्रगौरव पदकबाट कोही पनि सम्मानित नहुने समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • मलेशियामा विषाक्त मदिरा सेवन गर्दा चार नेपालीसहित १५ जनाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  •  बाह्रबिसे तातोपानीको लार्चामा सुख्खा बन्दरगाह निर्माण कार्यमा तीव्रता आएको समाचार छ ।

 

  • नेपालले वार्षिक छ अर्बको खसी-बोका खरिद गर्ने गरेको समाचार छ ।

 

  • ३८ क्विन्टल सुन प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक विकासराज खनाललाई छाड्न उच्च अदालत, मोरङले आदेश दिएको छ । यही प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीलाई अदालतले यसअघि नै छाड्ने आदेश दिइसकेको छ ।

 

  • सरकारले कालीमाटी फलफूल तथा तरकारी बजारका थप ५१ वटा स्टललाई खारेज गरेको समाचार छ । २५ वटा स्टललाई सफाइ दिने र १६ स्टलसँग आवश्यक कागजात माग्ने निर्णय भएको पनि सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • त्रिभुवन विश्वविद्यालयले सन् २०३० सम्म आफूलाई विश्वका एक हजार विश्वविद्यालयको सूचीमा पार्ने लक्ष्य राखेको समाचार छ ।

 

  • झापाको मेचीनगर नगरपालिका -१४ दुवागढीमा एक खर्ब रूपैयाँको लागतमा चाउचाउ उद्योेग सञ्चालनमा आएको समाचार   छ ।

गृहयुद्धमा फसेको यमनमा ५० लाखभन्दा बढी बालबालिका भोकमरीको शिकार भएको बीबीसीले जनाएको छ ।

 

Facebook Comments