परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असोज ४ विहीबार

 

  • सरकारले पञ्चायती शैलीमै मानपदवी वितरण गर्ने गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

 

  • विभूषण सिफारिस समितिका सदस्यद्वय प्राडा मीना बैद्य मल्ल र इन्जिनियर कासेन्द्रप्रसाद यादवले विभूषणका लागि आफैंलाई सिफारिस गरेको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • सरकारले विदेश भ्रमणमा कठोर नीति अपनाइरहेको बेलामा शीर्ष नेताहरूको नौवटा टोली विदेशमा रहेका र तीनवटा टोली जाने क्रममा रहेको समाचार पनि अन्नपूर्ण पोष्ट दैनिकमा नै प्रकाशित छ ।

 

  • धौलागिरि हिमाल आरोहीका लागि बाटो बनाउने क्रममा हिउँपहिरोमा पुरिएर एकजनाको मृत्यु भएको र ६ जना सामान्य घाइते भएको समाचार छ ।

 

  • पर्सामा नेपाल–भारत सीमाका ५५ स्तम्भ गायब भएको समाचार  छ ।

 

  • काठमाडौंको थापाथली, सिंहदरबार, पद्मोदय मोड, बागबजार, कालीमाटी, तीनकुने, पुरानो वानेश्वर चोक, गौशाला र मित्रपार्क चोक गरी नौवटा चोकमा ट्राफिक लाइट जडान गरिन लागिएको सडक विभागले जनाएको छ ।

 

  • काठमाडौं-तराई द्रूतमार्ग (एक्सप्रेस वे) को विस्तृत परियोजना प्रतिवेदन तयार पार्न कोरियाको सुसुङ कम्पनी छनोट भएको समाचार छ ।

 

  • नेपालमा १० वटा हेलिकप्टर कम्पनीसहित २१ वटा हवाइ कम्पनीमा कार्यरत तीन सय ८२ पाइलटमध्ये ३९ पाइलट विदेशी रहेको तथ्याङ्क  छ ।

 

  • भ्रष्टाचारको मामलामा जेल सजाय भोगिरहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ, उहाँका छोरी र ज्वाइँलाई रिहा गर्न अदालतले अन्तरिम आदेश दिएको बीबीसीले जनाएको छ ।

 

  • लामो समयसम्म दूषित वातावरणमा रहँदा स्मृतिलोपसम्बन्धी रोग  (डिमेन्सिया) लाग्ने बढी सम्भावना रहने लण्डनमा गरिएको एक अध्ययनबाट निष्कर्ष निकालिएको बीबीसीले  नै जनाएको छ । ५० वर्षभन्दा माथिका व्यक्तिमा यस्तो सम्भावना ४० प्रतिशत बढी हुने अध्ययनको निष्कर्ष छ ।

 

Facebook Comments