परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ २३ शनिबार

  • बर्माका अल्पसंख्यक रोहिङ्ग्या र अन्य देशका आप्रवासीलाई नेपाल घुसपैठ गराउन एक गिरोह सक्रिय रहेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

 

  • सरकारले वितरण गर्ने मानपदवी तथा विभूषणमा हरेक वर्ष आठ करोड खर्च खर्च हुने गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • देशका कतिपय जनप्रतिनिधिले आफ्ना निजी स्वार्थ र सुखभोगलाई लत्याएर उदार दिलका साथ जनसेवामा समर्पित भएको विवरणसहितको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • बिम्स्टेकको संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ । भारतको पुणेमा भदौ २५ देखि ३१ गतेसम्म सैन्य अभ्यास हुने कार्यक्रम रहेको छ ।

 

  • चितवनमा तीन वर्षीय बालकलाई सर्पले डसेपछि चार-चारवटा अस्पताल पुर्‍याउँदा पनि कुनै पनि अस्पतालले भर्ना नलिएपछि उपचारको अभावमा बालकले मृत्युवरण गरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

  • नेपालगञ्ज महानगरपालिका-४ गणेशपुर बस्ने साइबाबा भनिने एक व्यक्तिले झारफुकको नाममा १६ वर्षीय किशोरीलाई पाँच महिनादेखि बलात्कार गरेकाबारे प्रहरीमा उजुरी परेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

 

  • कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मुलुकी अपराध संहितामा प्रेस स्वतन्त्रता हननसम्बन्धी कुनै प्रकारका व्यवस्था भएमा त्यसलाई संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाइ भदौ २५ गते हुने भएको छ ।

 

  • राष्ट्रिय साक्षरता अभियान शुरु भएको एक दशक बितिसक्दा पनि सामान्य लेखपढसम्म गर्न नसक्नेको संख्या तीन लाखको हाराहारीमा रहेको तथ्याङक शिक्षा मन्त्रालयसँग छ ।

 

  • पोखरामा आयोजित मुख्यमन्त्रीस्तरय बैठकले नौबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

 

  • मकालु यातायातले अनलाइन टिकटिङ सेवा शुरु गरेको समाचार छ ।
Facebook Comments