परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असोज ६ शनिबार

 

  • संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिमा पवित्रा खरेल निरौला निर्विरोध निर्वाचित हुनुभएको छ ।

 

  • संसदको लेखा समितिको सभापतिमा भरतकुमार शाह निरौला निर्विरोध निर्वाचित हुनुभएको छ ।

 

  • भारतीय सीमा अतिक्रमणबाट नेपालको क्षेत्रफल घट्दै गएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

 

  • बूढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा निर्धारण गर्न बाँकी ठाउँमा प्रतिआना पाँचदेखि २५ लाख रूपैयाँसम्म मुआब्जा दिनुपर्ने माग गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • आर्थिक वर्ष २०७४/०७५ मा प्रदेश नं. ७ मा उमेर नपुगी गर्भवती हुनेहरूको संख्या १० हजार पु्गेको समाचार छ ।

 

  • नेकपाका नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेश कमिटि सचिव पद अस्वीकार गर्नुभएको समाचार छ । आफूलाई अपमान हुने गरी पदीय जिम्मेवारी तोकिएको भन्दै पद अस्वीकार गर्नुभएको  सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • नेकपाले सर्वोच्च अदालतका न्यायाधीश जोशीविरुद्ध महाअभियोग लगाउने भनेर सञ्चार माध्यममा समाचार हल्ला मात्रै भएको खबर छ ।

 

  • प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गर्नुभएको छ । त्यहाँ संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

  • सरकारले व्यापार प्रवर्द्धन र अनुसन्धानका लागि दुई ‘थिङ्क ट्याक’ गठन गरेको समाचार छ ।

 

  • अमेरिकाको मेरिल्याण्ड राज्यमा गोली चल्दा एक नेपालीसहित तीनको हत्या भएको राससले जनाएको छ । मृत्यु हुने नेपालीमा पर्वतकी वृन्दा गिरी हुनुभएको समाचार छ ।

 

  • मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई लिएर आन्दोलनरत यातायात मजदुर र सरकारीबीच आठबुँदे सहमति भएको    छ । यससँगै इन्धन आपूर्तिमा सहजता आउन थालेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • तान्जानियामा भएको फेरी दुर्घटनामा ज्यान गुमाउनेको संख्या एक सय ३६ पुगेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

Facebook Comments