परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

राणा शासनका भुक्तभोगीहरुको सम्झनामा शहीदको बलिदान

बलिदानलाई सम्झँदा

काठमाडौंमाघ १९: जहानिया राणाशासनपञ्चायती व्यवस्था र लोकतान्त्रिक गणतन्त्र देखे भोगेको जेष्ठ पुस्ताका करिब दुई दर्जन दिग्गजहरू शुक्रबार भलाकुसारीका लागि मदन भण्डारी मेमेरियल कलेजमा भेला भएका थिए ।

 

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान र मदन भण्डारी मेमोरिलय कलेजको स्कुल अफ लिबरल आर्ट्सद्वारा आयोजित ‘बलिदानलाई सम्झँदा‘ शीर्षकको भलाकुसारी कार्यक्रममा राणाकाल र पञ्चायत भोग्नेहरूले विगतको स्मरण गर्नुभयो । 

 

राणाकाललाई परास्त गर्नका लागि अहम् भूमिका खेल्नेहरूबीच सहिद दिवसको सन्दर्भ पारेर भएको भलाकुसारीमा प्रजातन्त्र स्थापनाका भोग्नुपरेको यातनावलिदानीबारे विमर्श भयो । उहाँहरूले आफ्ना विगत मात्र सम्झिनुभएनदेशको वर्तमान अवस्थाबारे पनि चिन्ता व्यक्त गर्नुभयो । 

 

दशरथ चन्द र टंकप्रसाद आचार्य बारामा भेट भएको प्रशंगलाई जोड्दै बरिष्ठ पत्रकार अरविन्द रिमालले नेपालमा टंकप्रसाद आचार्यले प्रजातन्त्र ल्याउन खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।दशरथ चन्द र टंकप्रसाद आचार्य एक अर्कालाई कमरेड भनेर सम्बोधन गर्नुहुन्थ्यो । दशरथ चन्दले कमरेड भन्दा टंक प्रसाद आचार्यले सलाम गर्नुहुन्थ्यो । उहाँहरूबीच एक खालको आत्मियता थियो । उहाँहरूकै बलिदानीका कारण आज देशमा प्रजातन्त्र आएको छ,” विगत सम्झँदै उहाँले भन्नुभयो, “तर उहाँहरुको वलिदानीले उचित मूल्याङ्कन पाएको छैन । हामीले अझै पनि बोल्नुपर्छ ।

 

टंकप्रसाद आचार्यसँगको किस्सा सुनाउँदै विजयलाल श्रेष्ठले पनि वर्तमान सरकारको असक्षमतामाथि प्रश्न उठाउनुभयो । “टुडिखेलमा चार सहिदहरुको सालिक बनाउनको लागि भनेर धेरै पटक मैले प्रधान्मन्त्रीहरुलाई भनेको छु तर उहाँहरुलाई कुनै चासो छैन । अनावश्यक कुरामा धेरै फजुल खर्च गर्नुभएको छ तर सहिदहरूको विषयमा भने कुनै पनि प्रधानमन्त्रीलाई चासो छैन । ‘तपाईँ त शक्तिशाली हुनुहुन्छयो काम गर्नुस्मैले प्रचण्डलाई पनि भेटेर भनेको छुउहाँ हास्नुभएको छ तर के होला   !”

 

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीभित्र नेल्सन मण्डेला भनेर चिनिने पुराना कम्युनिस्ट नेता मोहन चन्द्र अधिकारीले पुराना दिन सम्झँदै देशबारे चिन्ता  व्यक्त गर्नुभयो ।  “नेपालको राजनीतिक वा सामाजिक गतिविधिमा हामीले राणाकाल भौग्यौँ,” उहाँले विगत सम्झनुभयो, “तर आज पनि देशमा बुर्जुवाकै दबदबा छ र हलीसर्वाहाराहरू पिँधमै छन् । वर्गीय समाज रहिरहँदा देशमा समाजवाद आउँदैन । राणाकालमा जस्तै आज पनि त्यस्तै मान्छेहरु नजन्मेलान् भन्न सकिदैनत्यसका लागि हामीले बलिदानलाई बिर्सिनु हुँदैन ।

 

दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित वरिष्ठ चिकित्सकसमाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयसम्म क्रियाशील व्यक्तित्व डागौरीशंकर लाल दासले भने सहिदको सपना चकनाचुर भएको दुखेसो गर्नुभयो   “सहिदहरूले जुन कामका लागि बलिदान दिनुभएको थियो त्यो बमोजिम कुनै काम हुन सकेको छैन“,उहाँले दु:खेसो पोख्नुभयो, “अहिले त सहिद शब्दलाई नै सस्तो बनाइयो । यसबारे हामीले विचार र विमर्श गर्नु आवश्यक छ ।

 

राणाकालमा पर्चा बाँडेको कारण जेल जीवन बिताएका नुतन थपलियाले भने देशमा केही सुधारको थालनी भएको तर आवश्यक्ता अनुसारको सुधार अझै हुन नसकेको बताउनुभयो ।पहिलेको तुलनामा धेरै सुधारका थालनी भएका छन् । राणाकाल र पञ्चायतसँग तुलना गर्ने हो भने देश कहाँ देखि कहाँ पुगिसकेको छ,” विगतलाई सम्झँदै उहाँले भन्नुभयो, “अहिले असन्तोष छैन तर सन्तोष हुनको लागि पनि सुशासन र राम्रो सेवाप्रवाह भएन ।

 

थपलियालाई समर्थन गर्दै पूर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले राणा र पञ्चायत र शाही शासनमा भन्दा धेरै अहिले धेरै विकासका काम भएको बताउनुभयो । “हुन त म शाही शासन कालमा अञ्चलाधीश नै भएर काम गरेको मान्छे हुँ । त्यो समयमा भन्दा धेरै विकास अहिले भएका छन् । पहिले भन्दा त अहिले त कता हो कता । धेरै परिवर्तन र विकास भएका छन्,” उहाँले विगत सम्झँदै भन्नुभयो,”तर अहिले संवैधानि व्यवस्थामा नै खराबी छिराउन थालियो । राज्य भागबण्डा र बाँडफाटमा लिप्त हुन थाल्यो ।

 

श्रेष्ठ र थपलियालाई कटाक्ष गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवम् पूर्व सचिव सूर्यनाथ उपाध्यायले देश सम्प्रभुत्ता गुमाउने अवस्थामा पुगेको जिकिर गर्नुभयो । “साथीहरूले परिवर्तन भएको कुरा त गर्नुभयो तर अहिलेको संविधानलाई हेर्ने हो भने छेउ टुप्पो नै हेर्न नमिल्ने अवस्थामा छ । देशको सम्प्रभुत्ता नै नहुने हो कि भन्ने अवस्थामा हामी पुगिसकेका छौँ । हामीले अंग्रेजलाई हरायौँ तर अंग्रेजहरूसँग हारेकाहरूसँग हस्तक्षेप खेपिरहनु परेको अवस्थामा छौँ । हामी बाँच्दा बाँच्दै यो देशको सम्प्रभुत्ता नहुने हो कि भन्ने लाग्न थालेको छ,”उहाँले दुखेसो व्यक्त गर्नुभयो, “यसको लागि हामीले अरुलाई दोष दिने होइन । हामीले नै यसो गरेका हौँ । यदि वर्तामान पुस्ताले पनि यो विषयमा प्रश्न उठाएनन् भने हामी दिन प्रतिदिन ध्वस्त हुँदै जानेछौँ ।

 

देशमा बेथिती बढ्नुमा पनि सरकार र दलहरु नै प्रमुख जिम्मेवार रहेको पूर्व सभामुख दमननाथ ढुंगानाको मत छ । “हिजोका दिनमा दल नभएर चिन्तित थियौँआज दलले गर्दा चिन्तित छौँसरकार र दल नै भ्रष्ट्राचारको संरक्षक बन्यो,” उहाँले चिन्ता व्यक्त गर्नुभयो, “दल र सरकारलाई जिम्मेवार बनाउनको लागि हामीले नागरिक तहको भ्रष्ट्राचार उन्मुख समूह बनाउनु पर्छ । सरकारले केही गर्दैनभ्रष्ट्राचार रोक्ने हाम्रो दायित्व हो ।

 

त्यस्तै नेपाल बार एसोसिएसनका पूर्व महासचिवसमेत हरेका वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीलाई देशको स्वाधीनता संकटमा पुगेकोमा चिन्ता छ । भारतमा अहिले मोदीले राष्ट्राबाद र हिन्दुत्वको नारा बोकेर हिँडेको छ । मोदी सरदार बल्लभभाई पटेलका अनुयायी हुन् । पटेल जवाहरलाल नेहरुका कट्टर विरोधी हुन् । मोदीको प्रभाव हाम्रो मुलुकमा पनि देखिन थालिसकेको छ,”देशबारे चिन्तित उहाँले भन्नुभयो,”अहिले पनि ‘रअले हाम्रो नेताहरुलाई धम्की दिन्छ । नेताहरू सत्ता टिकाउन भारतको साहरा लिनुहुन्छ । २००७ सालदेखि यता कुनै पनि सरकार भारतको सहराबिना टिक्न सकेको छैन । यसले हाम्रो देशको स्वाधीनता संकटमा रहेको प्रष्ट हुन्छ । यसलाई जोगाउन हामी नै लागि पर्नुपर्छ । म पनि सिपाही हुन तयार छु ।

 

वरिष्ठ पत्रकार ताथ विश्लेषक प्रकाश प्रसाद उपाध्यायले पनि सहिदको बलिदानीलाई सम्झँदै देशको स्वाधीनता संकटमा रहेको जिकिर गर्नुभयो । “हाम्रो सहिदहरूले बलिदान नगर्नुभएको भए हामी अन्धकारको युगबाट निस्कन पाँउदैन थियौँ,” आफ्ना पुराना दिन सम्झँदै उपाध्यायले भन्नुभयो, “धेरै समय अगाडि म रथयात्रामा कार्यक्रमका लागि महाकाली गएको थिए तर हाम्रो भूमिमा भारतीय झण्डा देखेँ । मसँगै गएका नानीहरूले फोटो खिच्न खोजेका थिए तर भारतीय सेनाले उनीहरूको फोन खोसेर फोटो डिलिट गरिदियो । हामीले हाम्रो देशमा पनि फोटो खिच्न नपाउने ? यही हो त बलिदानीप्रतिको सम्मान ? आज हाम्रो स्वाधीनता कहाँ छ ?”

 

राणा कालमा भोग्नुभएका व्यक्तित्वहरूले देशको अहिलेको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । झण्डै ४ घण्टाको भलाकुसारीको अध्यक्षता टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार कनकमणि दीक्षितमदन भण्डारी मेमोरिलय कलेजका क्याम्पस प्रमुख डाबाबुराम अधिकारी, मदन भण्डारी मेमोरिलय कलेज स्कुल आफ लिबरल आर्टसका प्रमुख डारघु मैनाली लगायत सामाजिक व्यक्तित्वहरूकलेजका शिक्षक तथा विद्यार्थीहरु सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments