परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ २५ सोमबार

  • सातै प्रदेशका मुख्यमन्त्रीहरूले लिखित रूपमै संघीय सरकारप्रति असंतुष्टि जाहेर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट हुनुभएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । परिणामस्वरूप प्रधानमन्त्रीले काठमाडौैंमा आएका मुख्यमन्त्रीहरूलाई भेटसमेत नदिनुभएको र पूर्वनिर्धारित अन्तरप्रदेश बैठक पनि स्थगत भएको खबर छ ।

 

  • नेपालमा आयोजनाको अलपत्र पार्नेमा चिनियाँ ठेकेदार नै रहेको समाचार पनि समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित   छ ।

 

  • पोखराको ड्यामसाइडमा हिमाल नै छेकिने गरी घर निर्माण गरिएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

  • प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले वैशाख ११ गते अभिभावकत्व लिएका दलित बालिका लक्ष्मीनियाकुमारी दास विद्यालय जान छाडेको र त्यसबारे कुनै सोधपुछ नभएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

 

  • जिल्ला अदालत, चितवनले बहुचर्चित कृष्णप्रसाद अधिकारी हत्याकाण्ड (फुजेल काण्ड) का १३ जना प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिएको छ । मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजालसले छविलाल पौडेलसहित १२ जनालाई सफाइ दिने फैसला गरेको हो ।

 

  • नेपालगञ्जमा ठूला ठूला होटलहरू खुल्ने क्रम बढेपछि वाणिज्य बैकहरूले होटलमा लगानी बढाएको समाचार छ ।
    रोल्पाको सुलीचौरमा गोली प्रहार हुँदा नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्युभएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

  • उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सगरमाथासहित आठ हिमाल अवलोकन गर्न सकिने भ्यु टावर निर्माण गर्ने भएको समाचार छ । एभरेष्ट भ्यु टावर नाम दिइएको त्यस परियोजनाका लागि थ्रीडी नक्शा (डिजिटल भिडियो) तयार पारिएको छ ।

 

  • ताप्लेजुङको सदरमुकाम फुङलिङमा सञ्चालित कञ्चङजङ्घा ढाका उद्योगले अल्लोको कपडा उत्पादन शुरु गरेको उज्यालो रेडियोले जनाएको छ ।

 

  • राजधानीमा तरकारीको मूल्य एक ३५ प्रतिशतसम्म बढेको पनि उज्यालो रेडियोले नै जनाएको छ ।
Facebook Comments