परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

यही हो ऐतिहासिक स्वर्ण युग !

 हाम्रो प्रचन्नको यो कार्य काललाई नेपालका बुद्धिजीवीले “इतिहासकै स्वर्णिम कार्य काल” भनेर व्याख्या गरे । किन भनेर सोध्दा “हजारौं मिटर ब्याजीले न्याय पाए, लाखौंले पाउदै छन् र करोडौंले पाउने वाला छन्” भनिदिए । विदेशीहर्ले पनि धेरैले पत्याए । हुन पनि यो कमफर्टेवल सरखार बनेपछि विकास त ह्वाल ह्वाली नै भयो । उद्योग धन्दा खुलेका खुल्यै छन् । विदेश जाने युवाहर्को लर्को जाँडको घ्याम्पोमा बुझो लगाए जसरी रोकिएको छ । उखु किसानले रकम पाकोपाएै छन्, सहकारीमा पैसा जम्मा गर्ने गरिब बंगुर मोटाए जसरी मोटाए भनेर समाचार आइरहेको छ । ए…बाबा हो ! यिनका पालामा नभएको के छ ! “आए आँप गए झटारो”” जसरी काम भैरहेको छ । १३ प्रतिशत त विकास बजेट खर्च भएको डाटा यी यही हो।

अब १५ हजार जति सहिद थप्छु भनेर घोषणा पनि गरेकै छन् । लार्केल काम्रेस र घरपट्टी काम्रेसले पनि हाम्रो प्रधानमन्त्री प्रचन्न काम्रेसलाई चौतर्फी सहयोग गरिरहेका छन् । जनताले अहिले जस्तो सुशासन इतिहासमा आजसम्म भोगेको थाहै छैन । विदेशीहरू हाम्रो सदाबहार श्रदय अध्यक्षक‍ो अनुहारको एक झलक हेर्न लालायित भर ओइरो लाग्न थालेका छन् । यसले पर्यटकको गति तिव्र भएको छ । स्कुल, कलेज र प्राविधिक शिक्षालयतिर विद्यार्थी नअटाएर लर्क‍ो लागेर एयरपोर्ट तर्फ दौडिएका भेटिन्छन् । अब फुपूको श्रद्देमा अलि अलि लपनछपन त हुन्छ नि ! विपक्षीहर्ले “मामाको घोडी मेरो हीही” लाई ठूलो कुरा बनाम्नु मलाई चाहिँ निको लाग्दैन । हाम्रो र नेपाली काङ्ग्रेसको बल्ल मिटर मिलेको छ । लपक्क टासिंएको अवस्था देखिएकोमा अनौठो मान्नु पर्ने कारण नै छैन ।

शासन गर्ने कला र शैली छिमेकी, सहृदयी, आत्मिय मित्र राष्ट्रका नितिस कुमारबाट हुबहु अनुवाद गरिएकै छ । कैले ओलीसँग मिलेर, कैले देउवासँग मिलेर, कैले माधवलाई फुटाएर, कैले मधेसीलाई जुटाएर भए पनि सत्तामा हाम्रो काम्रेस पचन्न बिराजमान छदैछन् क्यारे कसैले रिस गरेर हुन्छ ? जसरी पनि हाम्लाई सत्ताको चास्नीमा डुब्नु थियोे । अहिलेसम्म डुबेकै छौं क्यारे । चन्दा दाता, कस्छौ पाता, ठेकेदारसँग लाउछौ नाता । यही हो हाम्रो प्रचन्न काम्रेसले भनेको “ऐतिहासिक स्वर्ण युग” । अरुले भनेको भे नपत्याए हुन्थ्यो । आफ्नै सदाबहार अध्यक्ष काम्रेसले भनेसी कसरी नपत्याउने ? कतिपय हाम्रा बिरोधीले हाम्रो महान काम्रेस प्रचन्नले बढी नै निर्देशन दिने गरेको भनेर आरोप लगाम्छन् । यो पनि उनको खुवी हो भनेर बुझ्न सक्तैनन् । उनले निर्देशन दिएको काम भए पो उनलाई दोष दिनु । उनले भनेको कुनै काम भएको छ भने प्रष्ट भन नत्र चुप लागेर बसे हुन्छ ।

प्रचन्नले एयरपोर्टमा सुनको ओइरो लागेकोलाई सुवर्ण युग भनेको पक्कै पनि होइन होला । यदि हो भने पनि हो कसले के नाप्छ ! माउवादीलाई हेपेर, ठेलेर, चेप्ट्याएर, चिलिम फर्काई सकेका थिए । हाम्रो प्रचन्नले माधवलाई कन्याएर, देउवालाई मनाएर, मोदीलाई भनाएर अहिलेसम्म असाध्य राम्रोसँग सत्ता हाँकेका छन् । आफू सोरपटार, अरु चनामोटर भन्ने त हाम्रो प्रचन्नको थेगो नै बनिसकेको छ । नेपालका बुद्धिजीवीले नै अहिलेको प्रधानमन्त्रीको कार्य काललाई स्वर्ण युग भनेर गुनगान नै गाय भनेर अरुले होइन प्रचन्न आफैले भनेपछि कमसेकम पत्याई दिनु त पर्छ नि ! कुरा पत्याउन पनि नेपालीलाई कस्तो गाह्रो हँ । देशको हालतको बारेमा कुरा गरेर समय बर्बाद गर्न बाहेक नेपालीले अरु केही जानेको रहेनछ । 

अब विश्वले नै नेपाल भन्ने देश छ, त्यो देशमा लाखौ वर्ष अघिदेखि प्रचन्नहर्ले शासन गरेका छन् । किन भने उनारू कमफर्टेवल छन् भनेर विश्व जानकार छ । यस्तै बेलामा नेपाली बुद्धिजीवी जुरुक्क उठेर मुठ्ठी बटार्दै भट्टीबाट निस्किएर “माउवादीको सुवर्ण युग” भनेर चिच्याको त मैले पनि  सुने । स्वर्ण युग प्रचन्नकै पालाको हो भन्ने कुराको यो भन्दा ठूलो प्रमाण हुनै सक्तैन । त्यसै हामीले यो युग ल्याको होइन । लार्केल लामादेखि घरबेटी अधिकारीसमेतको ठूलो लगानी र परिश्रम यसमा लगानी भएको छ । हामीले जब क्रान्ति गर्ने भनेर त्यतिबेला मने काटमार, लुटपाट, भाटे कारबाही, विद्यालय ध्वंस, सरकारी कार्यालय ध्वस्त, पुल भत्काउने मान्छे दच्काउने नगरेको भे हाम्रो लागि यो स्वर्ण युग आम्ने नै थिएन ।

त्यसबेला हाम्रो प्रस्ताव पारित हुन्थ्यो भने २५ वटा प्रदेश त सजिलै बन्ने थियोे । लिम्बुवान, खम्बुवान, कोचिला, मधेस, मिथिला, अबध, थारुवान, मगरात, तमुवान, खसेत्रान, नेवा, ताम्सालिङ लगायत बग्रेल्ती राज्य हामीले बाँडफाँड गरिसकेका थियौं । बाउराम काम्रेसले १७ वटा प्रदेशमा मानी सकेका थिए । त्यसबेला हाम्रो विरोधीहर्ले खैरो खने । अहिले पनि हामी आफ्नो मिसनमा लागि रहेका छौ । कहिले एउटा जात उचालेका छौ, कहिले अर्कोलाई काउकुती लगाइ दिएका छौ । हामी माउवादीलाई राम्ररी थाहा छ नेपालमा केही नकेही अप्ठ्यार‍ो भएन भने हाम्रो अस्तित्व नै रहदैन ।

यही कारणले कहिले कोशी उचाल्छौ, कहिले मधेस पछार्छौ, कहिले सुदूरपश्चिम थेचार्छौ, कहिले गण्डकी दोचार्छौ । यसरी नै हामी माउदीहरू सत्ताको तर माथि मस्त हुन पाएका छौ । हामीले ल्याको गनतन्त्र, हामीले ल्याको स्वाद तन्त्र, हामीले ल्याको कमफर्टेवल तन्त्र । 

हाम्रो प्रचन्न काम्रेसले दुख गरे अनुसार अहिले सुख गमरक्याउँदै छन् । हाम्रो लागि अहिले सत्ता र पैसा नै ठूलो हो । पहिला मारियो अहिले सोरपटार दारियो । यसैलाई भ्रष्टाचार भन्न त मिलेन नि । यस्तो  मिलेको बेलामा भ्रष्टाचार न स्रटाचार पैसा सोर्ने हो । उता पूर्व राजालाई प्रचन्नले धम्क्याउदै छन् । आफ्नो धोती (पूर्व मुद्दाहरू) समालेर पूर्वराजा माथि जाइ लाग्नुपर्छ काम्रेस भनेर मैले सुप्रिमोलाई फुन गरिसकेको छु । आफ्नो धोती पहिला समालौ भनेको छु । ओली, देउवा र माधवहर्लाई थाङनामा सुताउदै शासन गर्न जानेको मान्छेलाई अरुले त्यति सिकाउनु पनि पर्दैन । कुन चाहिँ बुद्धिजीवीले फ्याट्ट प्रचन्नको सत्ता भोग नै ऐतिहासिक स्वर्ण युग हो । त्यो बुद्धिजीवीले केहीमा नियुक्ति पड्कायो होला । जे होस् तेल्ले पनि गरि खायो । 

    ज‍ोय नेपाल ।

Facebook Comments