परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ १२ मंगलबार

  • बिम्स्टेक सम्मेलनमा भाग लिन विशिष्ट पाहुनाहरू आउने भएकाले भदौ १४ गते बिहान ८ देखि १० बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिने निर्णय गरिएको छ । विशिष्ट पाहुनाहरूको सुरक्षाका लागि यस्तो निर्णय लिइएको हो ।

 

  • बिम्स्टेक सम्मेलनका लागि १७ हजार सुरक्षाकर्मी परिचालन गरिएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
    विराटनगरको गायत्री संस्कृत विद्यालयमा अध्ययनरत मुस्लिम बालबालिकाले संस्कृत भाषा सिक्न थालेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

  • नेपालका विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान तथा नेपाल मेडिकल काउन्सिलले दिने चिकित्साशास्त्र स्नातकोत्तर तहको उपाधि (एमडी र एमएस) भारतले मान्यता नदिएको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

 

  • बिम्स्टेक राष्ट्रहरूबीच बिजुली आदान प्रदानका लागि अन्तरदेशीय बिजुली प्रसारण लाइनको सञ्जाल निर्माण गर्नेबारे सम्झौता हुने भएको छ ।

 

  • कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बेलघारीका नौवटा घरधुरीमा पाइपलाइनबाट ग्याँस वितरण गरिएको समाचार समाचार छ ।

 

  • सिन्धुलीको कमलामाई नगरपालिकाले नगरवासीले प्रयोग गरेका प्लाष्टिकजन्य फोहोर खरिद गर्ने भएको छ ।

 

  • प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडलले भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले निर्माण गर्ने बताउनुभएको छ ।

 

  • तरकारीको मूल्य बजारसम्म आइपुग्दा किसानले बिक्री गरेको मूल्यभन्दा पाँच गुणा बढी गरेको तथ्य भेटिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बल्खुस्थित तरकारी र फलफूल तथा अनुगमन गर्दा यस्तो तथ्य खुलेको हो ।

 

  • यस वर्षको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार क्रमशः नीलम कार्की निहारिका र शान्तदास मानन्धरलाई प्रदान निर्णय भएको मदन पुरस्कार गुठीले प्रेस विज्ञप्तिमार्पmत जनाएको छ । निहारिकालाई योगमाया नामक उपन्यासका लागि र मानन्धरलाई बालसाहित्यको श्रीवृद्धिमा पु¥याएको योगदानका लागि पुरस्कार दिइने भएको हो ।

 

  • नेपालले आर्थिक वर्ष २०७४/०७५ मा नेपाल २ अर्ब ५४ करोड रूपैयाँको दूध तथा दूग्धजन्य पदार्थ आयात गरेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

 

  • परीक्षा नियन्त्रण बोर्डले पहिलो पटक कक्षा ११ र १२ को भर्नादेखि नतिजा प्रकाशनसम्मको वार्षिक कार्यतालिका तयार पारेको छ ।

 

  • महोत्तरीको औरही नगरपालिकामा भदौ १० गते घरैबाट चोरी भएको एक शिशु मृत अवस्थामा फेला परेका छन् ।
Facebook Comments