परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ ११ सोमबार

  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बल्खुस्थित तरकारी तथा फलफुल बजारको निरीक्षण गर्दा अधिकांश पसल अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ ।

 

  • बिम्स्टेक सम्मेलनमा नेपाल आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षार्थ भारतीय सुरक्षा दस्ता काठमाडौ आइसकेको समाचार छ ।

 

  • नारायणहिटी दरबार परिसरभित्र नारायणहिटी दरबार संग्रहालय र सेनाको सरहद कति भन्ने विषयमा एकआपसमा विवाद भएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

 

  • कान्तिपुर सिटी कलेजद्वारा स्थापित २५ हजार राशीको केसीसी व्यवसायिक पत्रकारिता पुरस्कार, २०७५ बाट पत्रकारद्वय मोहन मैनाली र माया पकुवाल सम्मानित हुनुभएको छ ।

 

  • हङकङमा रहेर लेखनकर्ममा सरिक रहनुभएका पूर्वलाहुरे टिम गुरुङले गोर्खा सैनिकको समग्र पक्ष समेटिएको गैरआख्यानात्मक कृति सन् २०१९ सम्म प्रकाशन गर्ने जानकारी दिनुभएको छ । राजधानीमा आयोजित पत्रकार भेटघाटमा उहाँले यस्तो जानकारी दिनुभएको हो ।

 

  • विकासः सामथ्र्यको उजागर भन्ने नारासहित भदौ २९ गते जुम्लाको चन्दननाथ नगरपालिका सम्मलेन हुने भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • बिमा समितिले संस्थागत सुशासन निर्देशिका परिवर्तन गरी प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिसम्बन्धी व्यवस्था हटाएपछि आधा दर्जन बिमा कम्पनी प्रमुख कार्यकारी अधिकृतबिना नै चलिरहेको समाचार समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • संविधान जारी भएको तीन वर्षसम्म पनि वित्त आयोगले पूर्णता नपाउँदा कर विवाद चुलिएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • संघीय संसद प्रतिनिधिसभाले खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ ।

 

  • अमेरिकाको फ्लोरिडास्थित एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको ज्यान जानुका साथै ११ जना घाइते भएको बीबीसीले जनाएको छ ।
Facebook Comments