परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ १३ बुधबार

  • चितवनको राष्ट्रिय निकुञ्जमा अर्को एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ । यस अघि भदौ १ गते निकुञ्जको पश्चिमी भेगमा एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको थियो ।

 

  • गृह मन्त्रालयले सर्वसाधारण एसएमएस पठाएर भदौ १३ र १५ गते बिजोर र १४ गते जोड नम्बरको सवारी साधन चलाउन अनुरोध गरेको छ ।

 

  • गौतम बुद्ध विमानस्थल सञ्चालनको सञ्चालन निजी क्षेत्रलाई दिनेबारे विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परामर्श कार्य अघि बढाएको समाचार छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) ढाँचा अन्तरर्गत यस्तो परामर्श अघि बढाइएको हो ।

 

  • सरकारले बिम्स्टेक सम्मेलनलाई ध्यानमा राखेर भदौ १४ र १५ गते उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) का शैक्षिक संस्थालाई बिदा दिने घोषणा गरेको छ ।

 

  • भारतीय पक्षले सप्तकोशी नदीमा पाइलट च्यानल खनेर नदीको वहाव परिवर्तन गरेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका सयौं घर  डुबानमा परेका छन् ।

 

  • आठ महिने शिशुको चोरीपछि हत्या भएको विरोधमा स्थानीयबासीले बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अवरुद्ध पारेको समाचार छ ।

 

  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षार्थ डेढ सयभन्दा बढी भारतीय सेनाका कमाण्डो काठमाडौंमा खटिएको खबर छ ।

 

  • बहुपक्षीय आर्थिक तथा प्राविधिका सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको मन्त्रिस्तरीय बैठक आज काठमाडौंमा बस्दैछ । यसभन्दा अघि सम्पन्न सचिवस्तरीय बैठकले अन्तिम रूप दिएको समझदारीपत्रलाई मन्त्रिस्तरीय बैठकले अनुमोदन गर्नेछ ।

 

  • वर्षाका कारण घर भत्कँदा सल्यानको बाघचौर नगरपालिका-४ सेतीगुराँसमा एक परिवारका पाँचजनाको मृत्यु भएको खबर छ ।

 

  • सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो ह्यात रिजेन्सी होटलमा अनियमितता भएकोले सरकारी सेयर घटेको भन्दै सोबारे छानबिन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको समाचार छ ।
Facebook Comments