परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५असार ३२ सोमबार

  • गतवर्षको डुबानबाट क्षति व्यहोर्न बाध्य भएका सुस्तावासीले क्षतिपूर्तिवापत दुई करोड ४६ लाख १२ हजार रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् ।
  • सरकारले चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेको छ ।
  • ललितपुर महानगरपालिकाले चार मिटरभन्दा सानो सडक कालोपत्रे नगर्ने नीति लिएको छ । साथै, तोकिएको जिम्मेवारी पूरा नगरे पूर्वाधार निर्माणमा संलग्न उपभोक्ता समिति नै खारेज गर्ने महानगरले जनाएको छ ।
  • वरिष्ठ सङ्गीतकार स्व. अम्बर गुरुङकी धर्मपत्नी विना गुरुङ परलोक हुनुभएको छ । २०७३ सालमा ७८ वर्षको उमेर अम्बर गुरुङको निधन भएको थियो ।
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले र पूर्वगृहमन्त्री कृष्ण सिटौला पक्षधरले राजधानीमा बेग्लाबेग्लै भेला आयोजना गरेको समाचार छ ।
  • सरकारले दूरसञ्चार सेवाशुल्कवापत १३ प्रतिशत कर वृद्धि गरेपछि निजी इन्टरनेट सेवा प्रदायक र टेलिफोन सेवा प्रदायकले साउन १ गतेदेखि लागू हुने गरी शुल्क बढाउने घोषणा गरेका छन् । तर एडीएसएल इन्टरनेट सेवाको शुल्क भने नबढ्ने समाचार छ ।
  • प्रा.डा. गोविन्द केसी अान्दाेलन   प्रतिको दृष्टिकोणबारे नेकपाभित्र मतभेद रहेको सार्वजनिक भएको छ । केसीप्रति पूर्वएमाले समूह र माओवादी समूह क्रमशः कठोर र उदार रहेको खबर छ ।
  • सर्वोच्च अदालतले माइतीघर मण्डलालगातका स्थानमा सभा तथा विरोध प्रदर्शन रोक लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
  • सरकारले जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गरी जनकपुरधाम उपमहानगरपालिका कायम गरेको छ ।
  • सरकारले जुम्लामा अनसनरत प्रा.डा. गोविन्द केसी शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । समितिको सदस्यमा गृह तथा स्वास्थ्य मन्त्रालयका सहसचिव रहनेछन् ।
  • सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतको राजदूत पदमा सिफारिस गरेको छ ।
  • नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति जारी गरी प्रा.डा. गोविन्द केसीको माग पूरा नभए साउन ३ गतेदेखि आकस्मिकवाहेकका देशभरका सबै स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।
Facebook Comments