परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन १ मंगलबार

  • विविध माग राख्दै जुम्लामा अनसनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्थ गम्भीर बन्दै गएको समाचार राजधानीबाट प्रकाशित अखबारहरूले प्रमुखताका साथ छापेका छन् ।
  • काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा राजधानीमा फोहोर डङ्गुर चुलिन थालेको तस्बिर कान्तिपुर दैनिकले छापेको छ ।
  • जगातीदेखि कोटेश्वरसम्म चल्ने ट्रिपर र मालवहाक गाडीमा टाइम कार्ड लागू भएको छ ।
  • मन्त्री र मुख्यमन्त्रीले भर्ना गरेका बालबालिका नै विद्यालय नगएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
  • संघअन्तरगत रहेका अधिकांश जिल्ला कार्यालय आजदेखि खारेज हुने खबर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले खारेज हुने कार्यालयहरूको सूची तयार पारिसकेको छ ।
  • सरकारले साउन १ गतेदेखि यातायात समिति खारेज हुने घोषण गरे त्यसको उचित विकल्प व्यवस्था नसक्दा अन्यौल पैदा भएको खबर छ ।
  • सरकारले श्रमिकको पारिश्रमिक अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्थामार्फत भुक्तानी गर्नुपर्ने प्रावधान ल्याएको छ । यसलाई साउन १ गतेदेखि चरणबद्ध रूपमा कार्यान्वय गरिने खबर छ ।
  • भक्तपुर नगरपालिकाले असार ३२ गते गरेको बजार अनुगमनका क्रममा अधिकांश पसल गैरकानुनी रूपमा सञ्चालन भएको पाइएको छ ।
  • भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित डोलेश्वर तथा आशापुरी महादेव मन्दिरमा आजदेखि एक महिने साउने मेला शुरु भएको छ ।
  • राजदूत पदमा हिजोमात्र पदमा सिफारिस गरिएका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीको पद पदभार ग्रहण नगर्दै विवादमा परेको  छ । संवैधानिक पदमा बसिसकेका व्यक्तिले राजनीतिक प्रकृतिको नियुक्ति लिन पाउने वा नपाउनेबारे कानुनी तथा राजनीतिक वृत्तमा राय बाझिएको छ ।
Facebook Comments