परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अस्तित्व

 

 

 

मेरो खुला मुहारमा

तिमी पवित्रता होइन

योनि मात्र देख्छौ

 

मेरो खुला अनुहारमा

तिमी आत्मीयता होइन

लिङ्ग मात्र देख्छौ

 

खुला छ प्रकृतिको स्वरूप

नदीजस्तै खुला

हिमालजस्तै खुला

पशुपन्छीजस्तै खुला

जून, तारा र आकाशजस्तै खुला

 

त्यस्तै खुला छ मेरो अनुहार

 

तर तिमी

टाँक खुस्केको शर्टजस्तो गरी

फस्नर फुस्केको पेन्टजस्तो गरी

मेरो अनुहारमा मात्र

घरिघरि  हेर्छौ

 

मेरो यो अनुहारलाई

तिम्रा खराब दृष्टिबाट बचाउन

सलले छोपौँ कि बुर्काले

 

मास्कले छोपौँ कि गलबन्दीले

 

यी कुरुप आँखाले

राम्रो–राम्रो मात्र देख्ने

चस्मा भैदिए देखि

कति सुन्दर हुन्थ्यो

हाम्रो अस्तित्व !

 

Facebook Comments