परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार २९ शुक्रबार

  • चीनको सिचुवान प्रान्तको औधोगिक पार्कमा भएको विष्फोटनमा परी १९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
  •  सिञ्धुपाल्चोकको मेलाम्ची नगरपालिका-५ स्थित खनालथोकको १२ घरधुरी पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जानकारी दिएको छ ।
  •  आज सूर्य ग्रहणको योग परेको छ । बिहान ७ः ३० बजे शुरु भएको सूर्य ग्रहण १० बजे अन्त्य भएको छ । तर यो ग्रहण नेपाल तथा भारतबाट भने देख्न नसकिने नेपाल खागोलीय समाजले जनाएको छ ।
  • आदिकवि भानुभक्त आचार्य  २ सय ५ औं जन्मदिवस नेपाली  तथा भारतमा नेपालीभाषी भारतीय ले विविध कार्यक्रमसहित मनाउँदैछन् ।
  • प्रा.डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरू संघर्षमा उत्रिएका छन् । यसबाट आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प भएका छन् ।
  • कान्तिपुर दैनिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त हुनुभएको छ ।
  • आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै लामो समयदेखि अनसनरत गंगामाया अधिकारीले अनसन तोड्नभएको छ ।
  • प्रा.डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै चिकित्सकहरूले माइतीघर मण्डलामै विरामीको स्वास्थ्य जाँच शुरु गरेका छन् ।
  • सर्वोच्च अदालतले देउवा सरकारले गरेको नियुक्ति साउन १५ गतेसम्म कार्यान्वयन नगर्न सरकारको नाममा आदेश जारी गरेको छ । सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ भदौ १४ देखि फागुन २ गतेसम्म गरेका सबै नियुक्ति बदर गर्ने निर्णय गरेको थियो ।
  • सरकारले करमाथि कर लगाउँदा जनजीवनको अभिन्न हिस्सा बन्दै गएको इन्टरनेट सेवा अब महङ्गो हुन लागेको कन्तिपुर टेलिभिजनले जनाएको छ ।
  • प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातशोक परेको छ । उहाँकी आमा राधिकादेवीको ७० वर्षको उमेरमा आज अपरान्ह सवा ३ बजे निधन भएको हो ।
Facebook Comments