परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार २८ बिहीबार

  • अविरल वर्षाले काभ्रे, चितवन, मकवानपुर, कास्कीलगायतका जिल्लाका थानीय सडक र राष्ट्रिय राजमार्ग (अरनिको राजमार्ग, बीपी राजमार्ग, पोखरा—बाग्लुङ र मध्यपहाडी राजमार्ग) अवरुद्ध भएको खबर छ । यसैगरी, काठमाडौं र भक्तपुर कतिपय भागहरू डुबानमा परेको छ ।
  • नेपाल सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि लागि मौद्रिक नीति सार्वजनिक गरेको खबर राजधानीबाट प्रकाशित अखबारहरूमा छाएिको छ ।
  • पर्वत जिल्लामा पाँचजना बालबालिकासहित १०९ जना व्यक्ति एचआइभी संक्रमित भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
  • भक्तपुरको चाँगुनारायण नगरपालिका-७ मझुवा टोलमा पहिरो जाँदा एकैपरिवारका तीनजनाको मृत्यु भएको छ ।
  • दक्षिण-पश्चिमी जापानमा भइरहेको बाढीपहिरोको घटनामा ज्यान गुमाउनेको संख्या २ सय पुगेको बीबीसीले जनाएको छ ।
  • सर्वोच्च अदालतले निक्षेपकर्ता सुरक्षा कोषका कार्यकारी अध्यक्ष विष्णुबाबु मिश्र र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई अवकाश दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । मिश्र र झा सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।  सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ भदौ १४ देखि फागुन २ गतेसम्म गरेका सबै नियुक्ति बदर गर्ने निर्णय असार २० गते गरेको थियो ।
  • सिन्धुपाल्चोकको पाँचापोखरी थानपाल गाउँपालिका सल्लेमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
  • आर्थिक वर्ष २०७४/०७५ अन्त्य हुनै लाग्दा विनियोजित विकास बजेटको ७६  प्रतिशत मात्र खर्च भएको नेपाल राष्ट बैंकले जनाएको छ ।
  • अविरल वर्षाले दार्चुलाको व्यास क्षेत्रको नेपाल-भारत जोड्ने काठे पुल महाकाली नदीले  बगाएपछि स्थानीयको आवतजावतमा बाधा पुगेको छ ।
  • नेपालले चीनलाई भद्र र रूपसी नामक एकजोडी गैंडा उपहार दिएको छ ।
  • काठमाडौं उपत्यकामा पछिल्लो ५६ दिनमा ट्रिपर तथा ट्रककाे  १ सय ३२ दुर्घटना भएकाे र १४ जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ ।
  • तीव्र गतिमा सवारी चलाएमा साउन १ गतेदेखि साविकको भन्दा दोब्बर जरिवाना तिर्नुपर्ने महानगरीय ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।
Facebook Comments