परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार ३० शनिबार

 

 

  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिन गएका ३१ जना अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको  छ ।
  • २१  दिनदेखि बेपत्ता पोखरा महानगरपालिकाका प्रमुख ओमराज पौडेलको शव तनहुँको भिमादस्थित सेती नदी किनारमा भेटिएको छ ।
  • भ्रष्टाचारको काराबास सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाफ सरिफ बेलायतबाट स्वदेश फर्कने क्रममा पक्राउ पर्नुभएको बीबीसीले जनाएको छ  ।
  • चितवनको भरतपुर महानगरपालिकाले दुई वर्षभित्र चक्रपथ निर्माण कार्य सम्पन्न गर्ने गरी २ अर्ब रकम विनियोजन गरेको छ ।
  • रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५, १६ र १७ का  १ सय १६ घरपरिवारले जग्गा नापी भएको  ५० वर्षपछि जग्गाधनी प्रमाणपत्र पाएका छन् । उनीहरूकाे २०२५ सालमा नापी भएको थियो ।
  • पूर्वस्वास्थ्य मन्त्री मोहम्मद मुस्ताक आलमको ५३ वर्षको उमेरमा राजधानीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको छ ।
  • १५ दिनदेखि जुम्लामा अनसनरत  प्रा.डा. गोविन्द केसीका समर्थकहरूले राजधानीको वानेश्वरमा आयोजना गरेको कार्यक्रममा अडियोमार्फत सम्बोधन गर्नुभएको छ । उहाँले सरकारले माफियामुखी स्वास्थ्य सम्बन्धी ऐन ल्याउन खोजेको आरोप लगाउनुभएकाे थियाे  ।

 

Facebook Comments