परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार  १३ बुधबार

 

  • पाटनढोकास्थित यलमाया केन्द्रमा तामाङ भाषा—साहित्यबारे छलफल भएको छ । मदन पुरस्कार पुस्तकालयद्वारा आयोजित छलफल कार्यक्रममा भाषिक अभियन्ता अमृत योञ्जनले तामाङ भाषा—साहित्य विगत र वर्तमानबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
  • धनुषाको कमला नगरपालिकामा घरेलु मदिराको सेवन गरेका चारजनाको मत्युभएको छ ।
  • सरकारले मूल्यवृद्धि नरोकेको, प्रेस स्वतन्त्रता हनन गरेको र खोक्रो राष्ट्रवाद देखाएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा संगठन तरुण दलले राजधानीमा प्रदर्शन गरेको छ । झापा कारागरमा जेल जीवन बिताइरहनुभएका जीतबहादुर राना मगरको निधन भएको छ । क्षयरोगबाट ग्रसित रानमगरको उपचारको क्रममा निधन भएको हो ।
  • हनुमान ढोकास्थित गद्दी बैठकको जिर्णोद्धार सम्पन्न भएको छ । विश्वसम्पदा सूचीमा परेको गद्दी बैठक २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बनेको थियो ।
Facebook Comments