परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन ३१ विहीबार

  • सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई पुनः नियुक्त गरेको छ । अघिल्लो पटक ओली सरकारले ज्ञवालीलाई नै प्रमुख कार्यकारी अधिकृत बनाएको थियो ।

 

  • भदौ १ गतेदेखि कलङ्कीमा नवनिर्मित अण्डरपास सञ्चालनमा आउने भएको समाचार छ ।

 

  • नेपाल रेलवेको स्वामित्वमा रहेको जमिन अनधिकृत रूपमा खरिद बिक्री भइरहेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • खाद्य तथा गुण नियन्त्रण विभागले दशैंअघि राजमार्गका होटलमा खानेकुराको शुद्धताको परीक्षण गर्ने भएको छ । विभागसँग भएको चारवटा मोबाइल प्रयोगशाला प्रयोग गरेर खानेकुराको शुद्धता परीक्षण गरिने समाचार छ ।

 

  • प्रतिनिधिसभाले उपभोक्ता संरक्षण विधेयक, २०७५ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

 

  • आर्थिक वर्ष २०७४/०७४ मा २७ वटा वाणिज्य बैंकले ४८ अर्बभन्दा बढी नाफा कमाएका छन् ।

 

  • कतिपय स्थानीय तह दुई तिरे पुग्ने तिरोमा १५ हजार परयाएको तथा बृद्ध भत्ता पनि कटौती गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

 

  • आकस्मिक वा नियमित रूपमा गरिने बजार अनुगमनको सूचना चुहाउने सरकारी कर्मचारीलाई एक लाख जरिवाना हुने कानुनी गरिएको छ ।

 

  • कीर्तिपुस्थित चोभारमा ५० वटा गाडी र कम्तिमा ६ सय कन्टेनर अट्ने गरी सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको  छ ।

 

  • चामे र कोतो क्षेत्रबीचको तीन सय मिटर खण्ड पहिरोले बगाएपछि बेंसीशहर-चामे सडक अवरुद्ध भएको छ ।

 

  • भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका कामकारबाही अनलाइनबाटै गर्ने तयारी गरिएको समाचार छ ।

 

  • भारतीय क्रिकेट टिमका पूर्वकप्तान अजीत बाडेकरको ७७ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ ।

 

  • न्यूजिल्याण्डको संसदले विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । तर स्वतन्त्र व्यापार सन्धिअन्तरगत अष्ट्रेलिया र सिंगापुरका नागरिकले भने यसमा छुट पाएका छन् ।
Facebook Comments