परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ १ शुक्रबार

  • एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन प्रतिस्थापन भई आजदेखि नयाँ कानुन लागू भएको छ । यससँगै नयाँ कानुनको पक्ष र विपक्षमा थुप्रै चर्चा-परिचर्चा र बहस शुरु भएका छन् ।

 

  • नेपालका जनजातिहरूको छाता संगठन ‘नेपाल आदिवासी जनजाति महासंघ’ ले नयाँ कानुनका कतिपय प्रावधानहरूप्रति आपत्ति जनाएको छ । संस्थाका महासचिव नित्यानन्द ताजपुरियाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नयाँ कानुनले एकल संस्कृति र नश्लवादलाई कायम गरेको आरोप लगाएको छ ।

 

  • नेपाल मिडिया सोसाइटीले मुलुकी फौजदारी संहिताका केही प्रवधान प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने खालका रहेकाले त्यसलाई तत्काल सच्याउन आग्रह गरेको छ ।

 

  • सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनलाइन प्रणाली शुरु गर्न लागेको समाचार छ ।

 

  • नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी विमान खरिद गर्दा आर्थिक अनियमितता भएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

 

  • लथालिङ्ग बनिरहेको सिक्टा सिंचाइ आयोजनाको निर्माण सामग्री ठेकेदारकै ल्याबमा परीक्षण गरिएको खुलासा नागरिक दैनिकले गरेको छ ।

 

  • सरकारले दूधको मूल्य घटाएको विरोधमा जीतपुर सिमरा उपमहानगरपालिकाका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन् ।

 

  • लोकगायक कृष्ण गुरुङले साउन ३१ गते राष्ट्रिय नाचघरमा आयोजित ‘सुर-साधना’ कार्यक्रममा आफ्ना पुराना र मौलिक लोकगीतहरू प्रस्तुत गर्नुभएको छ ।

 

  • भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको ९३ वर्षको उमेरमा साउन ३१ गते नयाँदिल्लीमा निधन भएको छ । बाजपेयीको अन्त्येष्टि कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुनुहुने समाचार छ ।

 

  • गायन विधामा १८ पटक प्रतिष्ठित सम्मान ‘ग्रामी अवार्ड’ हात पार्न सफल प्रसिद्ध अमेरिकी गायिका आरिथा फ्र्याक्लिनको ७६ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।
Facebook Comments