परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक ५ गते, सोमबार ।

फूलपाती यता भएको २३ वटा सवारी दुर्घटनामा ३१ जनाको मृत्यु भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

भिजिट भिसाको नाममा ठगी धन्दा चलिरहेको समाचार पनि अन्नपूर्ण पोष्ट दैनिकमा नै प्रकाशित छ ।

खर्च विवरण नबुझाएका बाँकेका चार स्थानीय तहको बजेट निकासा रोकिएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

निर्मला पन्त हत्या प्रकरणमा लापारबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई निष्काशन गर्न सिफारिस गरेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

बाजुराको बूढीनन्दा नगरपालिकाले आर्थिक वर्षको पहिलो चौमासिकमा सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैं पनि भत्ता नपाएको समाचार छ ।

नेकपा सचिवालयको बैठकले काठमाडौं क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले पदबाट दिनुभएको राजीनामा अस्वीकार गरेको समाचार छ ।

Facebook Comments