परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ असोज २८ गते, आइतबार

म्याग्दीको गुर्जा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेका नौ जनामध्ये सातजनाको लाश भेटिएको सञ्चार माध्यमहरूले जनाएका छन् । मृत्यु हुनेमा पाँचजना कोरियाली नागरिक भएको समाचार छ ।

छ वर्षदेखि अचेत अवस्थामा रहनुभएका नेपाली कांग्रेसका नेता चक्र वास्तोलाको असोज २७ गते निधन भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधन भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रदेश नं. २ मा प्रहरी ऐन पारित भएको र यससँगै प्रदेशमा प्रहरी भर्ना गर्ने बाटो खुलेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

चालू आर्थिक वर्षको पहिलो अढाइ महिनामा छ अर्ब रूपैयाँ एक सय ५३ उद्योग दर्ताका लागि प्रतिबद्धता आएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

पूर्वी नवलपरासीमा रहेको नवलपुर जिल्ला अदालतले दशैंको विदामा पनि सेवा प्रवाह जारी राख्ने समाचार छ ।
देशभरमा ७३ हजार शिक्षक अभाव भएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

एक सातादेखि हात्तीले दुःख दिन थालेपछि कञ्चनपुरको शुक्लफाँटा नगरपालिका-१ खजुरापट्टिका बासिन्दा रातभर जाग्रfम बस्दै आएका समाचार छ .

दशैंमा घर जाने यात्रुसँग सवारी साधनले मनपरी भाडा असुल्दा सर्वसाधारण मर्कामा परेका सञ्चार माध्यमहरूले जनाएका छन् ।
दशैंमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ वटा सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोसीको हत्यामा जिम्मेवार पाइएमा साउदी अरेबियाले कडा सजायको सामना गर्नुपर्ने अभिव्यक्ति दिनुभएको बीबीसीले जनाएको छ ।

Facebook Comments