परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र ब्यूँतिए: नेकपाको किचलो अर्को मोडमा

नेकपाबारे सर्वोच्च अदालतको फैसला

काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले आज केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को  कानूनी अस्तित्व र बैधानिकता नरहेकाे फैसला सुनाएकाे छ । अदालतले विघटन गरिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँताइदिएको छ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ मा एकीकृत भएपछि यी दुबै पार्टीको एकीकृत नयाँ नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखिएको थियो । यो नाम निर्वाचन आयोगले सूचीकृत गरेपछि यसअघि नै साेही नाममा आफ्नो पार्टी दर्ता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले निर्वाचन आयोगमा निवेदन दिएकोमा आयोगले त्यो निवेदन खारेज गरिदिएको थियो । कट्टेल निर्वाचन आयोगको निर्णय विरूद्ध रिट लिएर सर्वोच्च अदालत जानुभएको थियो । उहाँको सोही रिटमा आज निर्णय दिँदै सर्वोच्च अदालतका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आज ऋषि कट्टेलको पक्षमा फैसला सुनाउँदै अहिले कचिंगलमा परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अस्तित्व र बैधानिकता नरहेको निर्णय दिएको हो ।

सर्वोच्च अदालतले अब केपी शर्मा ओली र पुष्पकमल दाहालकाे अध्यक्षतामा रहेको नेपाल कम्युनिष्ट पार्टी अब एकीकरणअघिकैअवस्था नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुई छुट्टाछुट्टै पार्टीको पुरानै अस्तित्वमा पुगेको फैसलामा उल्लेख गरेको छ । आपसी कलहले छुट्टछुट्टै समूहमा रहेर धानिकता खोजिरहेका प्रचण्ड-नेपाल समूह र ओली समूह अब कुन रूपमा अगाडि बढ्छन् भन्ने चासो सर्वत्र रहेको छ । अब पुरानै पार्टीहरू एमाले र माओवादी ब्युँतिएकाले भोलिको राजनीतिक परिस्थिति अर्कै मोडमा पुगेकाले थप चासोपूर्ण बन्न पुगेको हो ।

सर्वोच्च अदालतको फैसलाको पाठः

Facebook Comments