परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कम्युनिष्ट लिग अफ शैलुङद्वारा एमसिसीको विरोध

काठमाडौं मंसिर २८ । कम्युनिष्ट लिग अफ शैलुङ केन्द्रिय कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी विवादित बनेको अमेरिकी सहयोग एमसिसी खारेजीको माग गरेको छ । विज्ञप्तिमा उक्त सहयोग नेपाल राष्ट्र र नेपाली जनताको हित विपरित भएकाले खारेजीको माग गर्दछौ भनिएको छ ।

यसै गरी विज्ञप्तिमा अनियन्त्रित रुपमा बढेको महंगीले नेपाली जनतालाई ठूलो मर्का पर्दा पनि सरकार मौन रहेकोमा अापति जनाइएको छ । ब्यापारीहरुले अाफू खुसी मूल्य वृद्धि गर्दासमेत सरकारले नियन्त्रण गर्न रुची नदेखाएकोमा विज्ञप्तिमा अापति जनाइएको छ । विज्ञप्तिमा दैनिक उपभोग्य वस्तुलगायत सबै क्षेत्रमा अस्वाभाविक मूल्य वृद्धि हुँदासमेत सरकार र सम्बन्धित निकाय मौन रहनु भनेको अाफ्नो दायित्वबाट पन्छिनु हो भनिएको छ । साथै विज्ञप्तिको अन्त्यमा एमसिसी खारेज गर्न र महंगी नियन्त्रण गर्न जोडदार माग गर्दछौ भनिएको छ ।

Facebook Comments