परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सन् २०२० को वातावरण पत्रकारिता पुरस्कार चितवनका पत्रकार राजेश घिमिरेलाई

काठमाडौँ, जेठ २२ ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार पत्रकार राजेश घिमिरेलाइ प्रदान गर्ने भएकाे छ । स्थानीय कायाकैरन र सेतोपाटी अनलाइनमा कार्यरत भरतपुर निवासी पत्रकार घिमिरेलाई  पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिने नेवापसले विज्ञप्तिमार्फत् जनाएको छ ।

समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरूको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२० भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरूमध्येबाट विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरी यो पुरस्कार प्रदान गर्ने निर्णय भएको नेवापसले जनाएकाे छ ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२० भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष लक्ष्मण उप्रेतीको संयोजकत्वमा समूहका पूर्व महासचिव राजेश घिमिरे र विज्ञ सदस्य मन्जित ढकाल सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको समूहको विज्ञप्तिमा जनाइएकाे छ ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२०’ पाउने उहाँ ३४ औँ पत्रकार हुनुहुन्छ । वातावरण पुरस्कार आफ्नो  साधारणसभाको दिन हस्तान्तरण गर्ने नेवापसको परम्परा रहिआएको छ ।

Facebook Comments