परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नागरिकता विधेयकबारे प्रेस वक्तव्य

दस्तावेज

मिति २०७९- ०५- १०

प्रेस वक्तव्य

सम्पूर्ण सूचनाका सम्वाहक पत्रकार बन्धुहरू ।
हामी देशभक्तहरू तपाईंहरू मार्फत: सत्ताधारी दलहरू र प्रतिपक्षमा रहेका तपाई जनताका प्रतिनिधि दलहरूबाट सम्माननीय राष्ट्रपतिज्यूले थप प्रश्नहरू सहित पुनर्विचारका लागी व्यवस्थापिका संसदमा फिर्ता पठाइएको नेपाल नागरिकता ऐन, २०६३ लाई प्रथम संशोधन गर्न बनेको विधेयक २०७९ लाई व्यवस्थापिका संसदमा बुँदागत छलफल र विमर्श नगरीकनै बहुमतको मुढेबललाई सिरानी राखेर पुन: अगाडि बढाउने दुस्साहश नगरियोस् । नेपालको स्वतन्त्रता, सार्वभौमसना, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान, नेपालीको हक हित लगायत दीर्घकालीन रूपमा राष्ट्रिय हित विपरित रहेको उक्त प्रस्ताव तत्काल खारेज गर्न फेरि पनि हार्दिक आह्वान गर्दछौ । यदि यो आवाजलाई अन्सुनी गरिएमा हामी सडकमा जान बाध्य हुनेछौं र त्यो आँधिमय जनआन्दोलनले तपाईहरुलाई सदाका लागी विदाइ गर्ने र नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान, नेपालीको हक हित लगायतका दीर्घकालीन राष्ट्रिय हितका विषयलाई संरक्षण गर्नबाट हामीलाई कसैले छेक्न सक्ने छैन , हामी दाबाका साथ चुनौती दिन चाहान्छौँ ।

जन आवाजका सम्बाहक पत्रकार बन्धुहरू !
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान, नेपालीको हक हित लगायतका दीर्घकालीन राष्ट्रिय हित विपरित राष्ट्रघाती नेपाल नागरिकता ऐन २०६३ लाई प्रथम संशोधन गर्न बनेको विधेयक २०७९ प्रमाणीकरणको लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश भएको मो विधेयक नेपालको संविधानको धारा १११ (३) बमोजिम थप प्रश्नहरू सहित पुनर्विचारका लागी व्यवस्थापिका समदमा फिर्ता पठाइ व्यवहारतः नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान नेपालीको हक हित लगायतका दीर्घकालीन राष्ट्रिय हितका विषयमा लिनुभएको दृढ अडानको हामी पूर्ण समर्थन गर्दै सम्माननीय राष्ट्रपतिज्यूलाई हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छौ । भविष्यमा पनि सम्माननीय राष्ट्रपतिज्यूबाट राष्ट्रघाती यस्ता विधेयक माथि जनआवाजको लेखाजोखा गरी तथ्य र सत्यमा आधारित जनताको भावनालाई सम्मान गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछौं ।

जनताका मित्र सञ्चारकर्मीहरू !
तपाईंहरू मार्फत हामी देशभक्त नेपालीहरू नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक पेशगर्दा नेपाल सरकारले नेपालको राष्ट्रिय हित सापेक्ष नेपालको स्वतन्त्रता, सार्वभौमसता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान, नेपालीको हक हित लगायतका दीर्घकालीन राष्ट्रिय हितका विषयहरू समावेश गरी आम रूपमा छलफल, बहस विमर्श गराइ नागरिकता विधयक ल्याउन हामी आग्रह गर्दछौं न कि राजकिय र सार्वभौम नेपाली जनतालाई छलछाम गरी लुकाएर वा चोरबाटोबाट ल्याउन पाइने छैन र कोशिस गरिएमा देशभक्त नेपाली जनताले नसहने कुरा पनि उल्लेख गर्न चाहन्छौँ ।

नेपालको संविधान २०७२ मा राखिएका नेपालको नागरिकता सम्बन्धी त्रुटीपूर्ण प्रावधानहरू जस्तो सडक बालवालिकालाई वंशजको आधारमा नागरिकता दिने विषय आदिलाई संविधानमा नै संसोधन गर्न आवश्यक रहेको र बारम्बार नागरिकता सम्बन्धमा विवाद हुने र आवाज उठिरहेकोले नागरिकता सम्बन्धी सम्पूर्ण समस्याको समाधान गर्न एक उच्चस्तरिय सर्वाधिकार सम्पन्न नागरिक आयोग गठन गरी समस्याको समाधान निकाल्न पनि सरकार समक्ष विनम्र आग्रह गर्दछौ । हामि फेरि पनि भन्छौँ, हाम्रो वारंवारको आग्रहलाई कमजोरी नठानियोस् । हामी नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान नेपालीको हक हित लगायतका दीर्घकालीन राष्ट्रिय हित विपरित जाने जुनसुकै कदम र शक्तिका विरुद्ध अन्तिम संघर्ष लड्ने घोषणा समेत गर्न चाहन्छौं ।

भवदीय
देशभक्त मञ्च, नेपाल

Facebook Comments