परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७६ कात्तिक ६ गते, मङ्गलबार ।

नेपाल इन्धन भण्डारणमा विश्वकै कमजोर मुलुक भएको र १७ दिनका लागि मात्र भण्डारण क्षमता भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रदेश सरकारको संघीय सरकारसँग विविध विषयमा गुनासै गुनासो रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

नेकपाको सचिवालय वैठकले नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता पदबाट दिनुभएको राजीनामा अस्वीकृत गरेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

विपद जोखिम न्यूनीकरणका लागि प्राधिकरण गठन गरिने भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

नेपाल र थाइल्याण्डबीच ४७ वर्षपछि हवाइ सम्झौता हुन लागेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

चाडवाडका अवसरमा शुभकामना आदान–प्रदानका लागि टेलिफोन र एसएमएसको प्रयोग घट्दै गएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

चितवन राष्ट्रिय निकुञ्ज बाघको बासस्थानबारे अध्ययन हुन लागेको समाचर पनि राजधानी दैनिकमा नै प्रकाशित छ ।

प्रदेश नं. २ ले ल्याएको प्रहरी ऐन विवादमा परेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

आजदेखि निजी कम्पनीले स्मार्ट लाइसन्स छाप्न थाल्ने समाचार पनि नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।

सुनसरीको बराह क्षेत्र नगरपालिका–२ मा रहेको २२ बिघा जमिन हत्याउन भूमाफिया लागिपरेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

Facebook Comments