परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ असोज २१ गते, आइतबार

मानव तस्करले ३० देखि ७५ लाख रूपैँयाँ लिएर स्थलमार्गबाट अमेरिका पठाउने गरेको र यसमा सरकारी अधिकारीहरूको मिलोमतो हुनसक्ने समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

देशमा बलात्कारका घट्नाबारे समाचार आइरहेका बेला राष्ट्रिय गोजोरियो कराँते दो संघले सुदूरपश्चिम प्रदेशको धनगढीमा एक हजार पाँच सय महिलालाई आत्मरक्षासम्बन्धी तालिम दिएको समाचार पनि अन्नपूर्ण पोष्ट दैनिकमा नै प्रकाशित छ ।

चालू आर्थिक वर्षमा आठ प्रतिशत आर्थिक वृद्धि हाँसिल गर्ने लक्ष्य राखिए पनि आर्थिक वर्ष शुरु भएको पहिलो तीन महिना बित्न लाग्दा विकास खर्चको अपेक्षित रूपमा कम भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ । यस अवधिमा जम्मा नौ अर्ब रूपैयाँ पूँजीगत खर्च भएको छ ।

चार सय केभीको न्यू बुटवल—गोरखपुर अन्तरदेशीय प्रसारण लाइन आयोजनाको निर्माणसम्बन्धी प्रारूप तयार पार्ने जिम्मेवारी भारतीय विदेश मन्त्रालयलाई दिइएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

नेकपाभित्र चल्दै आएको भनिएको विवाद मिलाउन सचिवालय बैठक बस्ने भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

व्यास गाउँपालिकाका चार ठाउँमा महाकाली नदीमाथि नेपाल—भारत जोड्ने काठेपुल निर्माण हुने भएको समाचार छ ।

चाडपर्वको मुखमा महङ्गी आकाशिएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

राष्ट्रिय परीक्षा बोर्डले जेठको पहिलो साता सम्पन्न भएको कक्षा ११ को परीक्षाफल प्रकाशन गरेको छ ।

नेपाल राष्ट्र बैंकले दशैं—तिहारका आजदेखि नयाँ नोट साटिदिने व्यवस्था गरेको समाचार छ ।

Facebook Comments