परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ असोज २० गते, शनिबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । यससँगै रौनियारको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनीको मूल्य घटाउन निर्देशन दिनुभएको समाचार कारोबार दैनिकमा प्रकाशित छ । यसैबीच, चिनीको मूल्य बढाउन सरकारी कर्मचारीले नै चलखेल गरिरहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्जतर्पm जाँदै गरेको बस दुर्घटना हुँदा छजनाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

राजधानी नजिकको मूलपानीको एक जुवाखालमा प्रहरीले छापा मार्दा भागदौडमा दुईजनाको मृत्यु भएको समाचार छ ।

महोत्तरीको बर्दिबासमा स्थापित नापी कार्यालय स्थापनाकालदेखि नै कामविहीन भएको समाचार छ ।

बैतडीको दशरथ नगरपालिकाले महिला तथा बालबालिकाको विकासका लागि पञ्चवर्षीय योजना तयार पारेको समाचार छ ।

आइसीसी टी–२० अन्तर्गत एशिया उपक्षेत्रीय छनोट चरणमा आज भएको खेलमा नेपालले मलेशियालाई आठ विकेटले पराजित गरेको समाचार छ ।

भारतको हिन्दुस्तान टाइम्समा कार्यरत नेपाली पत्रकार प्रशान्त झामाथि यौन दुव्र्यवहारको आरोप लागेको समाचार भारतीय अनलाइन फष्र्ट पोष्टले जनाएको छ । तत्कालीन समयमा हिन्दुस्तान टाइम्समा कार्यरत एक महिला पत्रकारले झामाथि यस्तो आरोप लगाएकी हुन् ।

छुट्टै गोर्खाल्याण्ड राज्य मागबारे भारतको केन्द्रीय सरकारले सरोकारवालाहरूसँग आगामी कात्तिकमा वार्ता गर्ने भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments