परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ २१ विहीबार

  • प्रधानमन्त्री अध्यक्ष रहने अन्तरप्रदेश परिषदको बैठकको तयारीका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला भएका छन् । परिषदको बैठक भदौ २४ गते बस्ने कार्यक्रम रहेको छ ।

 

  • प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी परेका छन् । उहाँविरुद्ध सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको, एनसेलको मुद्दामा आन्तरिम आदेशमार्पmत कर छली गरेकोलगायतका उजुरी परेका छन् ।

 

  • सरकारले प्रयोग गर्ने निसान छापमा अङ्कित नक्शामा कालापानी क्षेत्रलाई छुटाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।
    चीनले आफ्नो सबै बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने सहमति जनाएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • राजस्वको मुख्य स्रोत मानिएको सवारी साधनमा बढाइएको अन्तशुल्कका कारण चालू आर्थिक वर्षको पहिलो महिनामै भन्सार राजश्व ६७ प्रतिशतले बढेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • कान्तिपुर टेलिभिजनमा प्रसारित समाचार अनुसार विश्वमै दुर्लभ मानिने डल्फिन कैलालीमा मोहना, काडा, कन्द्रा र पथरैया नदीमा भेटिएका छन् ।

 

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरेलाई सिफारिस गरिएको छ । घिमिरे आयोगको कार्यवहाक प्रमुख हुनुहुन्छ ।

 

  • नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर तीन तीन रूपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २५ रूपैयाँका दरले मूल्य बढाइएको छ ।

 

  • सरकारले आउँदो पाँच वर्षभित्र एक लाख ५० हजार गरिब तथा भूमिहीन नेपाली नागरिकका लागि घर निर्माण गर्ने कार्यक्रम अघि सारेको छ ।
Facebook Comments