परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आमाको नाममा पुरस्कार

प्राध्यापक तथा गायिका स्वर्गीय शोभा तिवारी (लोहनी)को ६६औँ जन्मदिनको अवसरमा लोक संगीतका क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने दुई जना स्रष्टालाई सम्मान गरिएको छ ।

नेपाली लोक संगीतका प्राध्यापक तथा वरिष्ठ लोक वाद्यवादक न्हुच्छेबहादुर डंगोल तथा वरिष्ठ लोकगायिका तीर्थकुमारी थापालाई सम्मान गरिएको हो ।

उक्त अवसरमा संगीतकार लोहनीका छोरा आशिष तिवारी एवं छोरीद्वय ऋृचा श्रेष्ठ तिवारी तथा स्मृति शर्मा तिवारीले ‘शोभा–अर्जुन संगीत कोष’ गठन गरेको जानकारी दिनुभएको थियो । उक्त अक्षय कोषमा दुई लाख रुपैयाँ जम्मा गरिसकिएकोे जानकारीसमेत दिइएको थियो ।
हरेक वर्ष उक्त कोष रकमको बैंकबाट आउने व्याजबाट नेपाली लोक संगीतका एकजना विद्यार्थीलाई छात्रवृत्ति दिइने जानकारी ऋृचा श्रेष्ठ तिवारीले दिनुभएको थियो । उक्त कार्यक्रममा ’शोभाका स्मृतिहरू’ नामक वृत्तचित्र पनि प्रर्दशन गरिएको थियो ।

उक्त अवसरमा लोहनीले गाएका गीतको सिडी विमोचित गरिएको थियो । क्यान्सर रोगबाट मृत्यु भएकी लोहनीद्वारा गाइएका केही गीतहरू श्रद्धाञ्जलि स्वरूप उहाँका विद्यार्थीहरूद्वारा गाइएका थिए । कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवसले लोहनीलाई आफ्नो विद्यार्थीका रुपमा सम्झिदै भन्नुभयो – शोभा प्राध्यापकको रूपमा मात्र नभई गायिकाको रूपमा समेत स्थापित भए पनि सधैँ छायामा परेको कुराले आफूलाइ दुःखी बनाउने गरेको बताुनुभयो ।

डा. दिवसले नेपालको सांस्कृतिक मूल्य र मान्यताहरूको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताउनु भएको थियो । उहाँका अनुसार जबसम्म नेपालको संस्कृतिको जगेर्ना गर्न सकिँदैन, तबसम्म स्रष्टाको उचित सम्मान हुन सक्दैन । कार्यक्रममा प्रसिद्ध संगीतकार दीपक जंगमले शोभाका एक दर्जन भन्दा बढी आधुनिक गीत रहेको जानकारी दिनुभएको थियो ।

 

Facebook Comments