परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ १० आइतबार

  • रौतहटको लालबकैया नदीमा भदौ ९ गते ढुङ्गा डुब्दा १५ जना बेपत्ता भएको समाचार अखबारहरूमा प्रकाशित छ ।

 

  • ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको जीर्णोद्धार भएसँगै सर्वसाधारणका लागि खुल्ला गरिएको छ । २०७२ सालको भूकम्पले त्यस मन्दिरलाई क्षति पुर्‍याएको थियो ।

 

  • कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा फितलो अनुसन्धान भएकाले प्रहरीमाथि विश्वासको संकट पैदा भएको खबर अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

 

  • निर्मला पन्तको हत्यामा संलग्न वास्तविक दोषी पत्ता लगाई कारबाही माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाउँदा गोली लागि मृत्युभएका सनि खुनालाई सरकारले शहीद घोषणा गरेको छ । यसैगरी निर्मला पन्त र सनि खुनाको परिवारलाई १०–१० रूपैयाँ दिने निर्णय पनि गरिएको छ ।

 

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठसहितका सडक निर्माणमा फर्जी कागजात मिलाएर बजेट दुरुपयोग गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको समाचार कारोबार दैनिकमा प्रकाशित छ । श्रेष्ठ, गाउँपालिकाको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षसमेत हुनुहुन्छ ।

 

  • गृह मन्त्रालयले निर्मला पन्तको हत्या हुँदा कञ्चनपुरमा कार्यरत रहनुभएका एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा उल्लिखित प्रावधानले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै मूलधारका अखबारका सम्पादहरूले आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघद्वारा आयोजित सम्पादक, महासंघका सभापति तथा पूर्वसभापति सम्मिलित भेलाले गोदावरी घोषणापत्र जारी गर्दै नयाँ कानुनी व्यवस्थाप्रति आपत्ति जनाएका हुन् ।

 

  • कर्णाली प्रदेश सरकारले पनि मन्त्रिपरिषद बैठक पेपरलेस बनाउन शुरु गरेको समाचार छ । संघीय सरकारले यसअघि नै मन्त्रिपरिषद बैठक पेपरलेस बनाउने अभ्यास शुरु गरिसकेको छ ।

 

  • भदौ महिनाभित्र हुने भनिएको नेपाली कांग्रेस महासमिति बैठक आउँदो मंसिर ५ गते काठमाडौं हुने गरी सरेको समाचार छ ।
Facebook Comments