परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ ९ शनिबार

  • आज प्रकाशित सबैजसो अखबारमा कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणसँग जोडिएको गोलीकाण्डमा एकजना किशोरको मृत्यु भएको खबर छापेका छन् ।

 

  • चितवनको माडी नगरपालिका -९ कान्छी बगइका ५६ वर्षीय जीतबहादुर राईको बाघको आक्रमणबाट मृत्युभएको छ ।

 

  • तरकारीको मूल्य २० प्रतिशतले गिरावट आएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • एक कार्यक्रममा बैकक जान लागेका पूर्वमाओवादी लडाकू लेनिन विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले राकेको छ ।

 

  • बिम्स्टेक सम्मलेनलाई ध्यानमा राखेर राजधानीमको यातायात प्रणालीमा भदौ १३, १४ र १५ गते जोड बिजोर प्रणाली लागू हुने भएको छ ।

 

  • पर्वत जिल्लाको फलेवास नगरपालिकामा पहिलो पटक टेलिफोन र इन्टरनेट सेवा विस्तार भएको छ ।

 

  • राजधानीमा आउँदो मंसिरदेखि विद्युतीय बस सञ्चालनमा आउने भएको छ ।

 

  • कर्णाली प्रदेशको अस्थायी राजधानी सुर्खेतमा फोहोर व्यवस्थापनले संकटको रूप ग्रहण गर्दै गएको समाचार छ ।
  • सरकारले जापानमा नेपाली कामदार पठाउनेबारे जापान सरकारसँग छलफल चलाएको खबर छ ।

 

  • उत्तर कोरियाले आणविक निशस्त्रीकरणमा पर्याप्त काम नगरेको भन्दै अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले प्योङयाङको पूर्वनिर्धारत भ्रमण रद्द गर्नुभएको बीबीसीले जनाएको छ ।
Facebook Comments