परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ ७ विहीबार

  • सामाजिक सञ्जाल प्रयोग कार्यविधि, २०७५ जारी गर्दै सरकारले सामाजिक सञ्चालन गर्न लागेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

  • प्रधानमन्त्रीको टाउकोमा जनवारको शरीर जोडी फेसबुकमा सेयर गरेकोमा काभ्रे, रोशी-५ का वडासचिव नासु होमनाथ सिग्देल पक्राउ पर्नुभएको समाचार पनि कान्तिपुर दैनिकमा नै प्रकाशित छ ।

 

  • नेपाल एयरलाइन्सले पछिल्लो पटक खरिद गरेको वाइड बडी विमानबारे प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यससम्बन्धी फाइल झिकाएको छ ।

 

  • सरकारले भूमिहीन दलितलाई जमिन दिनका लागि भूमि सुधार ऐन, २०२१ लाई संशोधन गर्न लागेको समाचार छ ।

 

  • राजधानी काठमाडौं र तराईलाई जोड्ने फाष्ट ट्रयाक बनाउँछु भन्ने भारतीय कम्पनी आइएलएफएस टाट पल्टिने अवस्थामा रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकको सेवा विस्तार गर्ने लक्ष्य राखे पनि अझै एक सय ६६ स्थानीय तह बैंकविहीन रहेको समाचार छ ।

 

  • कलङ्कीको अण्डरपास सञ्चालन भएको एक साता पनि बित्न नपाउँदै बन्द भएको समाचार छ । निर्माण कार्य पूरा हुन बाँकी रहेको भन्दै चक्रपथ सुधार आयोजनाले अण्डरपास बन्द गरेको हो ।

 

  • वीरगञ्ज-काठमाडौंबारे नेपाल र भारतबीच द्विपक्षीय सम्झौता हुने भएको छ ।

 

  • मध्य वर्षामा पनि पानीको अभाव भएपछि तेह्रथुमको आठराई गाउँपालिकाका बासिन्दा बसाइँ सर्न थालेको समाचार छ ।

 

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्वसहयोगी माइकल कोहेनले सन् २०१६ को चुनावी अभियानमा आर्थिक नियमविपरीत काम गरेको अदालत समक्ष बयान दिनुभएको छ । यसैबीच, ट्रम्पका अर्का सहयोगीमाथि पनि आर्थिक अपचलनको अभियोग लागेको छ । यसबाट ट्रम्पको राजनीतिक भविष्यमा संकटमा पर्ने अडकलबाजी गरिएको छ ।
    भेनेजुएलामा आर्थिक संकट गहिरिँदै जाँदा सन् २०१४ देखि हालसम्म देश छाडेर जानेकोहरूको संख्या २० लाख पुगेको बीबीसीले जनाएको छ ।
Facebook Comments