परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मुखको दुर्गन्ध

तपाई–हामी सामाजिक प्राणी भएका कारण मान्छेका बीच हुनु स्वाभाविकै हो । त्यसमाथि कसैसँग पनि सामिप्यता हुनुले सम्बन्ध पनि बलियो हुन्छ । तर मुख गन्हाउने मान्छेलाई अरुका नजिक जान पनि गाह्रो हुन्छ । किनकि, मुख गन्हाएको अरुले तुरुन्तै थाहा पाउँछन् । मुख गन्हाउनाले हाम्रो सामाजिक व्यक्तित्वका साथै पारिवारिक सम्बन्धमा पनि असर गर्छ । त्यसैले मुख नगन्हओस् भनी प्राचीन कालदेखि नै मान्छेले विभिन्न तरिका अपनाउने गर्दै आएको छ । तपाई–हामी पनि केही घरेलु उपाय अपनाई मुख गन्हाउने समस्याबाट छुटकारा पाउन सक्छौँ ।

मुखबाट आउने दुर्गन्धले तपाईको सम्पर्कमा आउने व्यक्तिहरूबाट तपाईलाई टाढा बनाउनुका साथै तपाईको व्यक्तित्वलाई पनि प्रभावित पार्न सक्दछ । अझ प्रेमी/प्रेमिका वा जीवनसाथीको सम्बन्धलाई यसले झन् खल्लो बनाउन सक्दछ । कैयौं मानिसलाई मुखको दुर्गन्धको समस्या कसरी हटाउने भन्ने कुराले पिरोलिरहेको हुन्छ ।

 

मुखबाट आउने दुर्गन्धले तपाईको सम्पर्कमा आउने व्यक्तिहरूबाट तपाईलाई टाढा बनाउनुका साथै तपाईको व्यक्तित्वलाई पनि प्रभावित पार्न सक्दछ । अझ प्रेमी/प्रेमिका वा जीवनसाथीको सम्बन्धलाई यसले झन् खल्लो बनाउन सक्दछ । कैयौं मानिसलाई मुखको दुर्गन्धको समस्या कसरी हटाउने भन्ने कुराले पिरोलिरहेको हुन्छ ।
मुखबाट दुर्गन्ध आउने कारणहरूः

 दाँत राम्ररी वा नियमित नमाझेमा ।
 दाँत वा गिजाको रोग ‘पायरिया’ भएमा ।
 पेट राम्ररी सफा नभई कब्जियत हुने गरेमा ।
 दाँतमा अड्किएको खाद्य वस्तु ननिस्किएमा ।
 पाचन प्रणालीमा गडबडी भएमा ।
 पेट सम्बन्धी विभिन्न रोग लागेमा ।
 गिजा सुन्निएमा ।
 दाँतलाई सहारा दिने हड्डीमा सङ्क्रमण भएमा ।
 कमसल खालको नक्कली दाँत लगाउनाले ।
 मुख, जिब्रो, घाँटी वा पेटको क्यान्सरका कारणले ।
 मुख वा घाँटीमा घाउ भएमा ।
 पेटमा जुका, चुर्ना, नाम्ले किरा आदि भएमा ।
 धुम्रपान, मद्यपान तथा गुटखा, आदि सेवन गर्नाले ।
 फोक्सो सम्बन्धी सङ्क्रमण वा रोग भएमा ।
 लामो समय ‘डिहाइडे«ट’ अर्थात् पानी नपिई मुख सुक्खा रहेमा ।

मुखको दुर्गन्ध हटाउन के गर्ने ?
 खाना खाएपश्चात् राम्ररी कुल्ला गर्ने तथा दाँत माझ्ने ।
 मञ्जनले दाँत माझ्दा हतार नगरी राम्ररी माझेमा मञ्जनमा भएको ‘एन्टी व्याक्टेरियल’ तत्त्वले जिवाणु वा किटाणुलाई पनि मार्दछ ।
 कब्जियत हुन नदिने ।
 पेट सदा सफा राख्ने कोशिस गर्ने ।
 अपच तथा अजीर्ण हुन नदिने ।
 गरिष्ठ भोजन, मर–मसला, मासु लगायत सेवन नगर्ने ।
 शाकाहारी एवं सात्विक भोजनमा जोड दिने ।
 दाँत र जिब्रोमा जम्ने फोहोरबारे सदा सचेत रहने ।
 अचेल बजारमा विभिन्न प्रकारका ‘माउथ फ्रेसनर’ हरू पाइन्छन् । मुखको दुर्गन्ध हटाउन तीमध्ये आफ्नो अनुकूल कुनै ‘माउथ फ्रेसनर’ प्रयोग गर्ने ।
 प्याज, लसुन जस्ता गन्ध आउने खाद्य पदार्थलाई खाना खानुअघि वा खानाको बीचमा मात्र प्रयोग गरेमा केही हदसम्म प्याज, लसुनको गन्ध कम हुन्छ ।
 यसैगरी जाइफल, सेतो मरुवा, जावित्री, तुलसी र सक्खरलाई समान मात्रामा मिलाई चूर्ण बनाएर सेवन गर्नाले पनि मुखको दुर्गन्ध हट्दछ ।
 बेलाबेलामा, ल्वाङ सुकमेल चपाउने वा चुस्ने गरेमा पनि मुखको दुर्गन्ध हट्दछ ।
 खाना खाएपश्चात् जिरा वा सांैफ चपाउने गरेमा मुखको दुर्गन्ध कम हुन्छ ।
 अनारको बोक्रा पिँधेर पानीमा उमालेर बोक्रा छानी कुल्ला गर्ने गरेमा पनि मुखको दुर्गन्ध हट्दछ ।
 नून र तातो पानीले गारगल गर्ने गरेमा पनि घाँटी सफा भई दुर्गन्ध हट्दछ ।

Facebook Comments