परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन २२ मंगलबार

  • साउन २० गते अपहरणमा परेका बालक निशान खड्काको खोजीमा जुटेका अपहरणकारी र प्रहरीबीच भीडन्त हुँदा दुईजना अपहरणकारीको मृत्यु भएको समाचार अखबारहरूमा प्रकाशित छ । अपहरणमा परेका बालकको पनि हत्या भइसकेको खबर पनि उत्तिकै महत्वाका साथ छापिएको छ ।
  • प्रतिबन्धित भारू १२ लाख ७० हजारसहित राजधानीमा दुईजना पक्राउ परेका छन् ।
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
  • नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत सदस्यता त्याग गर्ने जानकारी दिँदै महासंघलाई साउन २१ गते पत्राचार गरेको समाचार छ ।
  • काठमाडौंको विशालनगरस्थित एक मोटर ग्यारेजमा आगलागी भएको छ ।
  • लमजुङका गुरुङ समुदायले घरेलु मदिरा उत्पादन गर्न पाउनुपर्ने माग राखेका छन् । केही समयअघि लमजुङमा प्रहरीले छापा मारी घरेलु मदिरा नष्ट गर्नुका साथै यसको उत्पादनमा रोक लगाएको समाचार आएको थियो ।
  • चितवनको राप्तीदून मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी २५ वर्षीय सुशीला डुम्रेको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
  • गण्डकी प्रदेशसभाले प्रदेश दूग्ध विकास बोर्ड स्थापना विधेयक परित गरेका समाचार छ ।
  • महानगरीय प्रहरीवृत्तले १६ करोड गर्ने बहुमूल्य रुवीसहित ललितपुरका ४८ वर्षीय दीपक सिंजापतिलाई पक्राउ गरेको राससले जनाएको छ ।
  • आर्थिक वर्ष २०७४/०७५ मा देशको व्यापारघाटा ११ खर्ब ६२ अर्ब १० करोड पुगेको छ ।
  • उचित इञ्जिनियरिङ अध्ययनविना नै निर्माण गरिएका ग्रामीण सडकले पहिरोलगायतका प्राकृतिक जोखिम निम्त्याएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
  • रामेछाप जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा १८ करोड राजश्व सङ्कलन भएको छ । सोही अवधिमा ९९ करोड बजेट फ्रिज भएको समाचार छ ।
  • कास्कीको पोखरा लेखनाथ महानगरपालिका-१७ का लामातहराका विष्णुपसाद पौडेलका परिवारले दुई वर्षदेखि व्यवसायिक रूपमा गर्दै आएको पशुपालन तथा तरकारी—फलफूल खेतीबाट मासिक तीन लाख आम्दानी गरिरहेको समाचार छ ।
Facebook Comments