परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन २१ सोमबार

  • सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्र कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बस्नुभएपछि मिश्रले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको हो । संसदीय सुनुवाइ विशेष समितिले कायम मुकायम प्रधानन्यायाधीशका जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो ।
  • गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा पत्ता लगाउन माग गर्दै अनसन बस्नुभएका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारी पटक पटक अनसन बस्नुभएको थियो । अनसनकै क्रममा नन्दप्रसाद अधिकारीको निधन भइसकेको छ । मातापिता अनसनमा बस्दाकै समयमा नुरप्रसाद अधिकारी सम्पर्कविहीन भएका थिए । गंगामाया अधिकारीले पछिल्लो अनसन तोड्दा छोरा नुरप्रसाद अधिकारीको खोजी गरिदिन आग्रह गर्नुभएको थियो । यसैबीच, जिल्ला अदालत चितवनले कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका जाहेरीवाला नुरप्रसाद अधिकारीलाई झिकाउन पुनः आदेश दिएको समाचार छ ।
    सरकारले संविधान कार्यान्वयनसम्बन्धी विधेयकको मस्यौदा तयार पार्न नसक्दा संघीय संसद बिजनेसको अभाव भएको र यही कारण राष्ट्रिय कारण राष्ट्रियसभाको बैठक बस्न नसकेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
    सरकारले सहुलियतको टुङ्गो नलगाई अपहेलित हुने गरी गरिबको परिचयपत्र वितरण गर्न लागेको समाचार पनि नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।
  • सरकारले बरोजगारलाई निर्वाहभत्ता दिने तयारीको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
  • सरकारले २०७२ सालमा स्वास्थ बिमाप्रति विश्वास घट्दै गएका पाइएको छ । सेवाग्राहीले आवश्यक सेवा नपाएपछि बिमा गर्नेहरूमध्ये १६ प्रतिशतले मात्र नवीकरण गरेको समाचार छ ।
  • तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई एक लाख रूपैयाँ इनाम दिने घोषणा गरेको छ । साथै, उनीहरूले व्यवसाय सञ्चालन गरेमा पाँच लाख रूपैयाँ अनुदान दिने घोषणा गरेको छ ।
  • सरकारले निजी अस्पताललाई सरकार मातहत ल्याउने तयारी गरेको समाचार छ ।
  • भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा अध्ययनरत एकजना विद्यार्थीको सोही कलेजमा उपचारको क्रममा मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको समाचार छ ।
  • प्रदेश नं. को ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरूले तत्कालीन कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको समाचार छ ।
  • अविरल वर्षाले पहिरोको आयतन निरन्तर बढ्दै जाँदा गोरखाको धार्चे गाउँपालिका-७ खानीगाउँका ७२ घरधुरी जोखिममा परेका छन् ।
  • तस्कर समूहले नेपालको पूर्वी पहाडी क्षेत्रबाट गाईवस्तु सङ्कलन गरी बंगलादेशमा तस्करी गर्ने गरेको खुलेको छ ।
    जाजरकोटको भेरी नगरपालिका-३ ठाँटीबजारमा पहिरोमा परी नौजनाको मत्युभएको खबर छ ।
  • विराटनगरमा सञ्चालित २० वटा पानी उद्योगमध्ये ११ ले वितरण गरेको पानीमा दिसामा पाइने हानीकारक जीवाणु कोलिफर्म भेटिएपछि ती उद्योगलाई बन्द गर्न निर्देशन दिइएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
  • सवारी चापले पैदलयात्रीलाई हिँडडुल गर्न असहज भएपछि हेटौंडा महानगरपालिकाले महानगरको राजमार्ग क्षेत्रमा पार्किङ गर्न रोक लगाएको छ ।
  • व्यवस्थित ढल नहुँदा नेपालको सुदूरपश्चिमी शहर महेन्द्रगर जलमग्न भएको समाचार छ ।
  • भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलेले राजधानी कराकसमा कार्यक्रममा सम्बोधन गरिरहँदा उहाँमाथि ड्रोन आक्रमण भएको तर उहाँ त्यसबाट बच्नुभएको बीबीसीले जनाएको छ ।
  • इन्डोनेशियामा शक्तिशाली भुँइचालो जाँदा ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
Facebook Comments