परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन १७ विहीबार

  • राजधानीबाट प्रकाशित अखबारहरूले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय लिन संसदीय सुनुवार्इ विशेष समिति निरन्तर असफल भइरहेको समाचारलाई प्राथमिकता पूर्वक छापेका छन् । यसैबीच, संसदीय सुनुवाइ विशेष समितिका सदस्यमाथि धम्की आएको भन्दै उनीहरूको सुरक्षार्थ निजी सुरक्षाकर्मी खटाइएको समाचार पनि छ ।
    एक वर्षको अवधिमा विदेश भ्रमण गरेका एक हजार पाँच सय कर्मचारीमाथि छानबिन शुरु हुन लागेको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
  •  बाँके जिल्लामा  किसानको खेतमा पानी पुग्न नपाउँदै शिक्टा सिच्चार्इं अायाेजनाकाे मूल नगर दुईपटक भत्किएपछि त्यसलाई कसले मर्मत गर्ने भन्नेबारे सरकारी निकाय र ठेकेदार कम्पनीबीच विवाद उत्पन्न भएको खबर नागरिक दैनिकमा प्रकाशित छ ।
  • भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपालको डेरी उद्योगले उत्पादन गरेको चार अर्ब मूल्यको ध्यू बिक्री हुन नसकेको खबर पनि नागरिक दैनिकमा नै प्रकाशित छ ।
  • सरकारले चालू आर्थिक वर्षदेखि इञ्जिनको क्षमताअनुसार सवारी साधनको अन्तशुल्क निर्धारण गरेपछि सवारी साधन महङ्गिएको समाचार कारोबार दैनिकमा प्रकाशित छ । समाचारअनुसार दुई पाङ्ग्रे सवारी साधनमा दुईदेखि चार लाखसम्म र चारपाङ्ग्रेमा ५० लाखसम्म मूल्य बढेको छ ।
  • बैतडी घर भएका नेपाली कांग्रेसका नेता र पूर्वसांसद कृष्णकुमार जोशीको ७३ वर्षको उमेर साउन १५ गते निधन भएको खबर छ ।
  • पत्रकार हरिबहादुर थापा अन्नपूर्ण पोष्टको प्रधान सम्पादक नियुक्त हुनुभएको छ ।
  • नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पदबाट दिनुभएको राजीनामाले पार्टी वृत्तमा नयाँ विवाद शुरु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
  • नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रीना नेपाल विश्वकर्माले सभामुख र उपसभामुख बेग्लाबेग्लै पार्टीको हुनुपर्ने माग राख्दै प्रदेश नं. ५ को उच्च अदालतमा साउन १६ गते रिट दायर गर्नुभएको खबर छ ।
  • संयुक्त अरब इमिरेट्सले आफ्नो मुलुकमा गैरकानुनी रूपमा बसेका कामदारलाई अगष्ट १ तारिखदेखि लागू हुने गरी तीन महिनाका लागि आममाफीको व्यवस्था गरेको समाचार छ ।
  • विराटनगरमा भारतले सञ्चालन गरिरहेको क्याम्प अफिस साउन १६ गतेदेखि बन्द गरिएको समाचार छ ।
  • सरकारले करको दायरा बढाएको र महङ्गी नियन्त्रण नगरेको भन्दै राप्रपा प्रजातान्त्रिकले राजधानीमा प्रदर्शन गरेको   छ ।
  • सरकारले स्वास्थ्य विभागमा स्तनपान कक्ष स्थापना गरेको समाचार छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिनिया सामानमा थप कर लगाउने तयारीमा रहेको बीबीसीले जनाएको छ ।
Facebook Comments