परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन १६ बुधबार

  • प्रधानन्यायाधीश सुनुवाइ प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच फोनवार्ता भएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
  • छ महिनामा तीनपटक प्रमुख सचिव फेरिएको समाचार पनिसमाचार कान्तिपुर दैनिकमा नै प्रकाशित छ ।
  • आउँदो भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
  • हनुमान ढोका पुनर्निमाण  कार्य सुस्त भएको समाचार पनि अन्नपूर्ण पोष्टमा नै प्रकाशित छ ।
  • देशभर तुइन हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना पूरा हुने लागेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित    छ ।
  • आर्थिक वर्षको अन्त्यमा ठूलो रकम भुक्तानी हुँदा व्यापक अनियमितता भएको समाचार नागरिक दैनिकले छापेको छ ।
  • कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा रहेका अमेरिकी राजदूत अलाइन बी टेप्लिजले नेपालमा नागरिक अधिकार खुम्चिदाे अवस्थामा रहेको टिप्पणी गर्नुभएको समाचार पनि नागरिक दैनिकले नै छापेको छ ।
  • गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सिटिक्यान लगायतका उपकरण नहुँदा सेवाग्राही मर्कामा परेको समाचार छ ।
  • महङ्गी नियन्त्रण गर्न नसकेको, सर्वसत्तावादी भएकोलगायतका आरोप लगाउँदै नेपाली कांग्रेसले साउन १५ गते देशव्यापी रूपमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
  • स्थानीय तहमा पठाइएको अर्बौको बजेट पदाधिकारी र कर्मचारीको मिलोमतोमा हिनामिना भएको खबर कारोबार दैनिकमा प्रकाशित छ ।
  • बाँकेमा दुई हजार छ सय सात पशुपञ्छीको बिमा भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ । त्यहाँ १२ लाखको हाराहारीमा पशुपञ्छी छन् ।
  • औधोगिक क्षेत्रमा दक्ष जनशक्ति परिपूर्ति गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले दुई वर्षे मेकानिकल इन्जिनियरिङ कोर्स सञ्चालन गर्ने भएको छ । परिषदले औधोगिक प्रशिक्षण कार्यक्रम अन्तर्गत काठमाडौं, विराटनगर, बुटवल र नेपालगञ्जमा यस्तो कोर्स सञ्चालन गर्न लागेको हो ।
  • सशस्त्र प्रहरीमा एक महिनामा पाँच सय २६ जना अधिकारीले सेवाबाट जानकारी दिएको समाचार छ ।
  • स्थानीय जनसमुदायले धर्म परिवर्तन गरी क्रिस्चियन बनेपछि मकवानपुरको राक्सीराङ गाउँपालिकास्थित चर्चित धार्मिकस्थल महादेव गुफा बिरानो बन्न थालेको छ । विगतमा त्यस गुफामा लाग्ने मङ्सिर पूर्णिमाको मेला पनि छ वर्षदेखि नलागेको समाचार छ ।
  • मेक्सिकोको आन्तरिक उडानमा रहेको विमान दुर्घटना हुँदा एक सय एक जनाको मृत्यु भएको समाचार छ ।
Facebook Comments