परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन १५ मंगलबार

  • संसदीय सुनुवाइको प्रक्रियासमेत पार गरिसक्नुभएका प्रस्तावित प्रधान्यायाधीश दीपकराज जोशीलाई अनुमोदन नगर्ने मनस्थितिमा नेकपा रहेको समाचार अखबारहरूमा छापिएका छन् ।
  • नेपालले पाँच वर्षको अवधिमा पाँच वर्ष एक खर्ब पाँच अर्बको ग्याँस आयात गरेको र ग्याँस खपत प्रतिवर्ष १५ प्रतिशत बढेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
  • पूर्वराजा ज्ञानेन्द्र शाह आफ्ना कान्छी नातिनी कृतिको उच्चशिक्षा अध्ययनसम्बन्धी चाँजोपाँजो मिलाउन साउन १६ गते थाइल्याण्ड जान लाग्नुभएको समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ । उहाँका साथमा उहाँकी धर्मपत्नी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र सशस्त्र प्रहरीका निजी सुरक्षाकर्मी डीएसपी शिव राउत जानुहुनेछ ।
  • वैशाख १ गतेदेखि साउन १२ गतेसम्म बाढीपहिरोलगायतका प्राकृतिक विपतमा परी चार सय ५५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा पुरुष तीन सय नौ र महिला १ सय ४६ छन् ।
  • प्रदेश नं. १ मा प्राकृतिक प्रकोपमा परी सात वर्षमा सात सय २६ जनाको मृत्यु भएको खबर छ ।
  • लम्जुङमा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दामा वृद्धि भएको नयाँ पत्रिका दैनिकले जनाएको छ । समाचारअनुसार आर्थिक वर्ष २०७४/०७५ मा एक सय ५० महिलाले जिल्ला अदालतमा निवेदन दिएका थिए । आर्थिक वर्ष २०७२/०७३ र २०७३/०७४ मा क्रमशः एक सय १६ र एक सय १८ मुद्दा दर्ता भएका थिए ।
  • वैदेशिक रोजगार सुधार सुझाव कार्यदलले कामदारलाई ठगिनबाट जोगाउन सरकारलाई सुझाव दिएको छ । कार्यदलले फ्रि भिसा र टिकटको व्यवस्थलाई प्रभावकारी बनाउन पनि सुझाव दिएको छ ।
  • सरकारले कार्यक्षेत्रमा खटिँदा मृत्यु भएका सैनिकलाई एक तह बढुवा गरी उनका परिवारलाई सात वर्षसम्म पूरा पारिश्रमिक दिने व्यवस्था गरेको समाचार छ ।
  • सिनामंगल-नयाँ बसपार्क रुटमा साउन २३ गतेदेखि १७ वटा सुविधासम्पन्न बस सञ्चालनमा आउने भएका छन् । यसका लागि त्यस रुटमा सञ्चालित ६६ वटा टेम्पो र माइक्रोलाई हटाइने समाचार छ ।
  • बी एण्ड सी मेडिकल कजेटका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले बंगलादेशमा अध्ययनरत विद्यार्थीहरूबारे गलत अभिव्यक्ति दिएको भन्दै नेप्लिज स्टुडेन्ट्स असोसिएसन बंगलादेशले प्रेस विज्ञप्तिमार्पmत आपत्ति जनाएको छ ।
  • सरकारले १३ महिनासहितको विधेयक संसदमा पेश गरे पनि प्रदेश नं. ५ का मुख्यमन्त्री तथा मन्त्रीहरूले दशैं भत्ता नलिने खबर आएको छ ।
  • त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालन गर्ने शिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीको पारिश्रमिक दोब्बर वृद्धि गरेको   छ ।
  • संघीय समाजवादी फोरमले नागरिकता दिन नमान्ने प्रमुख जिल्ला अधिकारीलाई फिर्ता पठाउन माग गरेको छ । प्रदेश नंं. २ का आन्तरिक तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जन्मका आधारमा नागरिकता दिन प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्नुभएको थियो ।
  • संगठित समूहले हिमालय क्षेत्रमा ‘फेक रेस्क्यु’ गरी नाजायज क्रियाकलापमा सामेल भएको घटना सार्वजनिक भएपछि पर्यटकको उद्दारको जिम्म प्रहरीलाई दिन सिफारिस गरिएको समाचार छ । यस्ता २० संस्थालाई संगठित अपराध र ठगी मुद्दामा कार्यबाही गर्न पनि सिफारिस गरिएको छ ।
  • भियतनाममा विवाहको भोजमा गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिँदा एकै परिवारका १४ जनाको मृत्यु भएको फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ ।
Facebook Comments