परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन ७ सोमबार

  • प्रा.डा. गोविन्द केसीको मागप्रति एक्यबद्धता जनाउँदै बसन्तपुर डबलीमा सामूहिक सत्याग्रह भएको समाचार राजधानीबाट सबैजसो अखबारले छापेका छन् ।
  • राजधानीका केही दैनिक तथा अनलाइन समाचार पोर्टलका सम्पादकहरूले प्रा.डा. गाेविन्द केसीलाई भेटी उहाँको मागप्रति ऐक्यबद्धता जनाएको समाचार पनि केही अखबारले छापेका छन् ।
  • चीनले दोलखाको लामाबगरमा करिब नौ बिघा जमिन मिचिने गरी सीमा स्तम्भ नेपालतिर सारेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
  • सुन तस्करीसम्बन्धी सरकारी अनुसन्धान समितिको म्याद सकिएपछि बहुचर्चित सुन तस्करीसम्बन्धी अनुसन्धान कार्य टुङ्गोमा नपुगी अन्त्य भएको छ ।
  • निर्माणाधीन गौतम बुद्ध विमानस्थलमा आउँदो पुसदेखि नै परीक्षण उडान हुने समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
    नेपालले निर्यात बढाउन नसक्दा भारत, चीन, अमेरिकाजस्ता मुलुकले दिएको निर्यात सुविधाको उपयोग हुन नसकेको समाचार छ ।
  • विश्व हिन्दू महासंघका अध्यक्ष पूर्वजर्नेल भरतकेशर सिंहको ८२ वर्षको उमेरमा साउन ६ गते निधन भएको छ ।
  • गण्डकी प्रदेशबाहेक सबै प्रदेशले संविधानविपरीत कर उठाइरहेको अर्थमन्त्री युवराज खतिवडाले बताउनुभएको छ ।
  • वैशाख, जेठ र असार महिनामा मिडियामाथि आक्रमण, धम्की र समाचार सङ्कलनमा अवरोधका २५ वटा घटना भएका नेपाल पत्रकार महासंघको तथ्याङ्कमा उल्लिखित छ ।
  • आर्थिक वर्ष २०७४/०७५ मा करिब चार सय परियोजनामार्फत ६१ अर्ब वैदेशिक लगानी भित्रिएको उद्योग विभाग वैदेशिक लगानी महाशाखाले जनाएको छ । यो लगानी अघिल्लो वर्षको तुलनामा एक सय ९२ प्रतिशतले बढी हो ।
  • सरकारले करको सिद्धान्तविपरीत करको दायरा बढाएको भन्दै राप्रपा (प्रजातान्त्रिक) ले सरकारको विरोध गरेको छ ।
    जिल्ला अदालत धादिङले लक्ष्यभन्दा एक सय १५ प्रतिशत मुद्दा फैसला गरेको छ । अदालतमा परेका मुद्दामध्ये अधिकांश मुद्दा सम्बन्ध विच्छेदसँग सम्बन्धित छन् ।
  • उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालन गर्नेबारे दुई देशबीच सहमति भएको समाचार छ ।
  • पाकिस्तानमा आमनिर्वाचन नजिकिँदै हिंसात्मक घटना बढ्दै गएको समाचार छ । एक आत्मघाती बम विष्फोटनमा उम्मेदारकै ज्यान गएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
Facebook Comments