परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन ८ मंगलबार

  • प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको सडकका खाल्डाखुल्डी पुर्न दिनुभएको १२ दिनको समय बितिसके पनि खाल्डाखुल्डी पुर्नु कता हो कता, पुर्ने तयारीसम्म नभएको उज्यालो नेटवर्क (रेडियो) ले जनाएको छ ।
  • प्रा.डा. गोविन्द केसीलाई जबरस्ती काठमाडौं ल्याउने क्रममा भएको घटनाबारे छानबिन गर्न नेपाल प्रहरीका डीआइजी सुरेन्द्रविक्रम शाह, एसपी केदारगेरजौरे र डीएसपी चुडामणि गैरेको टोली जुम्ला पुगेर काम शुरु गरेको खबर छ ।
  • भारतले धनुषाको जटही दशगजा क्षेत्रमा एकतर्फी रूपमा बनाउन थालेको चेकपोष्ट नेपाली पक्षले विरोध गरेपछि निर्माण कार्य तत्कालका लागि स्थगत गरेको समाचार छ ।
  • सुरक्षित तरिकाले इन्टरनेट प्रयोगबारे जनचेतना जगाउने अभिप्रायले साउन १० र ११ गते नेपालमा ग्लोबल साइबर सेक्युरिटी समिट हुन लागेको समाचार छ ।
  • जापानको टोकियोलगायतका क्षेत्रका गर्मी बढेकाले त्यहाँको जनजीवन प्रभावित भएको बीबीसीले जनाएको छ । साउन ७ गते त्यहाँको तापक्रम ४१.१ डिग्री सेन्टिग्रेड पुगेको थियो ।
  • आर्थिक वर्षमा २०७४/०७५ मा सिरहामा एक हजार एक सय नयाँ उद्योग दर्ता भएको खबर कारोबार दैनिकमा प्रकाशित    छ ।
  • क्यानाडाको टोरन्टोमा एकजना बन्दुकधारीले गोली चलाउँदा दुईजना महिलाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
  • राष्ट्रिय जनता पार्टीले फरार अभियुक्तको सूचीमा रहेका अभिराम शर्मालाई प्रदेश नं. २ को सामाजिक विकास मन्त्रीमा सिफारिस गरेको समाचार छ । शर्मालाई माथि असई थमन विक हत्याको आरोप लागेको छ ।
  • नेपाल चिकित्सक संघले सरकार प्रा.डा. गोविन्द केसीको मागप्रति गम्भीर नभएको आरोप लगाउँदै आफू मातहतका निकायहरूलाई आन्दोलनमा उत्रन आह्वान गरेको छ ।
  • नेपालबाट भारत निर्यात गरिएका जडीबुटीमध्ये नेपालले वार्षिक २ अर्बको नेपाली जडीबुटी महङ्गो मूल्यमा भारतबाटै खरिद गर्ने गरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
  • मन्त्रिपरिषदले गरेका निर्णय अड्कलेरमात्र सार्वजनिक गर्ने गरिएको समाचार पनि कान्तिपुर दैनिकमा नै प्रकाशित छ ।
  • जिल्ला अदालत धनुषाले ६ दशकदेखि सरकारी स्वामित्वमा रहेको जग्गालाई व्यक्तिको नाममा दर्ता गराउन आदेश दिएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
  • लगभग डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर बोर्डिङ स्कुलमा अध्ययनरत छ वर्षीय बालक सुदीप बस्नेतको मृत्यु भएको खबर छ ।
  • सरकारले गंगामाया अधिकारीसँग गरेको प्रतिबद्धताअनुरूप उहाँलाई एक करोड रूपैयाँ प्रदान गरिएको खबर छ ।
Facebook Comments