परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन ६ आइतबार

  • तीन हप्तादेखि अनसनरत प्रा.डा. गोविन्द केसीकाे समर्थनमा राजधानीमा निकालिएको जुलुशमा बल प्रयोग भएकोबारे सबैजसो अखबारहरूले विभिन्न कोणबाट समाचार छापेका छन् ।
  • सरकारले समिति, बोर्ड, आयोग र प्रतिष्ठान गरी पाँच सय सरकारी निकाय विघटन गर्ने तयारी गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
  • केन्द्र सरकार र प्रदेश सरकारबीच कार्यालय तथा कर्मचारी व्यवस्थापनबारे मतभेद शुरु भएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
  • गत छ महिनामा झुक्याएर भारतमा बेच्न लगिएका १७४ नेपाली चेलीको काँकडभिट्टा नाकाबाट माइती नेपालले उद्धार गरेको छ ।
  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीवरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । लोकसभामा अविश्वासको प्रस्ताव दर्ता हुँदा पक्षमा १२६ र विपक्षमा ३२५ सांसदको समर्थन रह्यो ।
  • दूग्ध विकास संस्थानले दूधको मूल्य पटक पटक घटाएको भन्दै चितवनका किसानले पूर्व-पश्चिम राजमार्गस्थित भण्डारा बजारको सडकमा दूध पोखेर विरोध जनाएका छन् ।
  • पहिरोले पानीको स्रोतमा क्षति पुर्‍याएपछि नुवाकोटको सदरमुकाम विदुरमा एक हप्तादेखि खानेपानीको हाहाकार भएको समाचार छ ।
  • धनगढी नगरपालिकाले साउन ४ गतेदेखि गरिब घर परिचयपत्र वितरण कार्य शुरु गरेको राससले जनाएको छ ।
    बझाङको छान्ना गाउँपालिका-६ बयानामा पहिरोमा परी एकै घरका तीनसहित चारजनाको ज्यान गएको खबर छ ।
Facebook Comments