परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन ५ शनिबार

 

  • त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्रा.डा. दीपक महराले व्यक्तिगत कारण देखाउँदै साउन ४ गते राजीनामा गर्नुभएको छ ।
  • सरकारले इन्टरनेट सेवा शुल्क समायोजन गर्नका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्र मिश्रको नेतृत्वमा समिति गठन गरेको समाचार छ ।
  • जनता आवास कार्यक्रम अन्तर्गत सरकारले पक्की घर बनाई बझाङका २० घरधरी बादी समुदायलाई हस्तान्तरण गरेको समाचार छ ।
  • युट्बले हरेक महिना १.९ करोड सब्सक्राइबरले युट्ब अकाउण्ट खोल्ने गरेको जानकारी दिएको छ ।
  • नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन चर्काउन साना दललाई फकाउन थालेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
  • सवारी जाँचका क्रममा ललितपुरमा दुईजना व्यक्ति नक्कली स्मार्ट कार्ड (लाइसेन्स) धारी पक्राउ परेको समाचार पनि कान्तिपुर दैनिकमा नै प्रकाशित छ ।
  • नयाँ पत्रिका दैनिकले सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नेबारे बहस चलाएको छ ।
  • सरकारले संघ, प्रदेश र स्थानीय  तहमा रहने कर्मचारीको दरबन्दी टुङ्गो लगाएको र तत्कालका लागि थप २१ हजार कर्मचारी आवश्यक पर्ने समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
  • सरकारले दुई थरी वासलत (ब्यालेन्स सिट) तयार पारी कारोबार गर्ने करदातामाथि कारबाही गर्ने प्रक्रिया अघि बढाउन लागेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।
  • सर्वोच्च अदालत पठनपाठनमा असर पर्ने गरी विद्यालयको जग्गा भाडामा लगाउन वा बेच्न नपाउने आदेश दिएको छ ।झापाको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण नागरिकमा इन्टरनेटको पहुँच पुर्‍याउन निःशुल्क वाइफाइ सेवा शुरु गरेको समाचार छ ।
  • सरकारले सूचीकृत गरेका आदिवासी जनजातिको उत्थान र विकासका लागि स्थापित ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ को दायरा फराकिलो पार्न अधिकारकर्मीहरूले माग राखेका छन् । प्रतिष्ठानको क्षेत्राधिकार संंघीय प्रणालीअनुरूपको बनाउन ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, २०५८’ मा संशोधन गरिनुपर्ने उनीहरूको    माग छ ।
Facebook Comments