परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार २३ शनिबार 

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न हुन अझै एक वर्ष लाग्ने भएको छ । सरकारले विमानस्थल निर्माण कार्यमा संलग्न नर्थवेष्ट सिभिल एभिएसन कम्पनीको समयावधि एक वर्ष थपेसँगै विमानस्थल निर्माण कार्य सम्पन्न हुने मिति एक वर्ष पछि धकेलिएको समाचार आज प्रकाशित अन्नपूर्ण पोष्टमा छापिएको छ ।
  • नेकपा स्थायी समितिले पार्टीको नियमावली बनाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा वामदेव गौतम रामबहादुर थापा र विष्णु पौडेल सदस्य रहनुभएको छ ।
  • चितवनको कालिका नगरपा- जुटपानीका किसानको बगानमा पसेर केरा फँडानी गरेको आरोलागेका छजना व्यक्तिलाई जिल्ला अदालत चितवनको आदेशअनुसार जेल चलान गरिएको छ । उनीहरूले २०७५ साल वैशाख १७ गते १२ किसानका करिब १५ लाख मूल्यका केरा फँडानी गरेका थिए । त्यस घटनामा एकजना अभियुक्त अझै फरार रहेको समाचार छ ।
Facebook Comments